Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनमा भएको भीषण वर्षामा १५ जनाको मृत्यु

चीनमा भएको भीषण वर्षामा १५ जनाको मृत्यु


बेइजिङ। दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन्।

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।

मौसम विज्ञान विभागका अधिकारीहरूले मङ्गलबार मध्य र दक्षिणपश्चिम चीनका धेरै भूभागमा भीषण वर्षा हुने जनाउँदै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो। वर्षाका कारण करिब ८५ हजार मानिस विस्थापित भएका छन्। छिमेकी सिचुआन प्रान्तमा पनि चार लाख ६० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्।

राष्ट्रपति सी चिनफिङले सबै तहका अधिकारीहरूलाई जनताको सुरक्षा र सम्पत्तिको संरक्षणलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। राष्ट्रपति सीले सबै तहका प्रमुख अधिकारीहरूलाई बाढीबाट जनसाधारणलाई जोगाउन तथा जनताको सुरक्षा र सम्पत्तिलाई संरक्षणलाई प्राथमिकता दिँदै सबै प्रकारको क्षति घटाउने प्रयासमा सक्रिय रहन निर्देशन दिएको सिन्ह्वाले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

Techie IT