Techie IT
२०८३ असोज ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने

श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने


एजेन्सीत । श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ ।

श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन् ।

उनले भने, “श्रीलङ्काले उच्च स्तरीय पर्यटकलाई आकर्षित गर्न विभिन्न विमानस्थललाई जोड्ने आन्तरिक हवाई यातायात सञ्जाल विकास गर्न लागेको छ ।”

बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थल, मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थल, जाफना अन्तर्राष्ट्रिय विमानस्थल र ट्रिन्कोमाली र बत्तिकालोवाका आन्तरिक विमानस्थललाई यस कार्यक्रमअन्तर्गत जोडिने उनले बताए ।

आन्तरिक हवाई यातायात सञ्जालको विकास गरेमा सम्पन्न तथा बढी खर्च गरी सेवा लिन चाहने पर्यटकलाई आकर्षित गर्न सक्ने उनले बताए ।

मन्त्री डी सिल्भाले पछिल्लो समय केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले श्रीलङ्कामा उडान बढाएको जानकारी दिए ।

पर्यटन यो दक्षिण एशियाली मुलुकको लागि एक महत्वपूर्ण विदेशी मुद्रा कमाई हो । सम्पन्न र स्तरीय पर्यटकहरू आकर्षित गर्नु स्थानीय पर्यटन उद्योगको लागि एक महत्वाकाङ्क्षी लक्ष्य हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT