Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसुडानी अर्धसैनिक बलको सहरमा लुटपाट र आतङ्क जारी

सुडानी अर्धसैनिक बलको सहरमा लुटपाट र आतङ्क जारी


एजेन्सी । सुडानको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)का बन्दुकधारीहरूले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रतक्षदर्शीले जनाएका छन् ।

मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफले करिब तीन महिनादेखि जनरल अब्देल फत्ताह अल बुरहानको नेतृत्वको आधिकारिक सेनासँग लडिरहेको छ । जारी द्वन्द्वले कम्तीमा तीन हजार व्यक्तिको ज्यान लिइसकेको छ र लाखौं विस्थापित भएका छन् ।

उत्तरी कोर्डोफानको राजधानी एल–ओबेदबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको बारामा आरएसएफले ‘बैंक र सार्वजनिक भवनहरू लुटिरहेको’ सहरका केही प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

अर्का स्थानीय अब्देलमोहसेन इब्राहिमले भन्नुभयो, ‘हामी आतङ्कित भएका छौं, उनीहरूले जथाभावी गोली हान्ने र लुटपाट गरिरहेका छन् भने सरकारी सेना र प्रहरी कतै पनि देखिएका छैनन् ।

“यदि सेनाले एल–ओबेदबाट आउन खोज्यो भने पनि आरएसएफले एल–ओबेद–बारा सडकबाट उनीहरूलाई आउन दिएको छैन ।

खार्तूमबाट ३५० किलोमिटर दक्षिणमा रहेको एल–ओबेद एक रणनीतिक व्यवस्थापकीय सामानहरूको जोहो गर्ने एक व्यावसायिक केन्द्र हो । यहाँ विमानस्थल र खाद्य भण्डारणका लागि विशाल गोदामहरू छन् ।

गत अप्रिल १५ देखि जारी द्वन्द्व राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । ती स्थानहरूमा संयुक्त राष्ट्रसङ्घले ‘मानवताविरुद्धको अपराध’ हुन सक्ने चेतावनी दिएको छ ।

धेरै नागरिकहरूले आरएसएफले उनीहरूविरुद्ध हिंसात्मक कार्यहरू गरेको आरोप लगाएका छन्, जबकि सशस्त्र बलहरूले उनीहरूको सुरक्षाको लागि थोरै मात्र गरेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि आरएसएफले आवासीय क्षेत्रमा बेस स्थापना गरेको छ भने सेनाले आफ्नो हवाई सेवाको लाभ उठाउन संघर्ष गरिरहेको छ ।

आरएसएफले नागरिकहरूलाई उनीहरूको घरबाट बाहिर निकाल्न बाध्य पारेको, सवारी साधनहरू जफत गरेको, अन्य सम्पत्ती लुटेको र महिलाहरूलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

खार्तूम र डार्फरमा स्थानीय समय अनुसार बिहीबार रातिसम्म पनि हवाई आक्रमण, भारी गोलाबारी र जमिनमा भिडन्तसहित नयाँ भिडन्त भएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT