Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरोहिङ्ग्या शिविरमा भएको झडपमा ६ जनाको मृत्यु

रोहिङ्ग्या शिविरमा भएको झडपमा ६ जनाको मृत्यु


एजेन्सी । बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।

‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए)’ र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ)’ बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो साताको हिंसा पछिल्लो घटना हो ।

शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान सबेरै भएको सशस्त्र झडप ९गोली हानाहान०मा पाँच जनाको मृत्यु भएको छ ।

“गोली हानाहानमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्,” उहाँले भन्नुभयो ।

झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।

स्थानीय दैनिक प्रोथोम आलोका अनुसार २७ वर्षीय इबादुल्लाहले सन् २०१७ मा म्यान्मारमा भएको दमनका प्रत्यक्षदर्शीको बयान लिन बिहीबार शिविर पुगेका आइसिसीका अभियोजक करिम एए खानलाई भेट्न शरणार्थीलाई भेला गरिरहेका थिए ।

एआरएसएले हत्याको बारेमा तत्काल कुनै टिप्पणी गरेको छैन, तर यसका सदस्यहरूले आफ्नो अधिकारलाई चुनौती दिने रोहिङ्ग्या नेताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

Techie IT