Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदिल्लीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोड्यो

दिल्लीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोड्यो


एजेन्सी । छिमेकी राष्ट्र भारतको दिल्ली, हिमाचल, पञ्जाबलगायत देशका उत्तरी राज्यहरूमा भारी वर्षा भइरहेको छ ।

दिल्लीमा ४१ वर्षको रेकर्ड तोडिएको छ । सन् १९८२ यता जुलाईमा एकै दिनमा सबैभन्दा बढी १५३ मिलिमिटर वर्षा भयो ।

यसअघि सन् १९८२ जुलाई २५ मा १६९.९ मिलिमिटर वर्षा भएको थियो । सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो । यस्तै २०१३ मा, दिल्लीमा १२३.४ मिमी वर्षा भएका थियो ।

भारतीय मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ । हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

Techie IT