Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययेलेनको चीन भ्रमण तनाब सुधार्ने घोषणा बिना नै समाप्त

येलेनको चीन भ्रमण तनाब सुधार्ने घोषणा बिना नै समाप्त


एजेन्सी । अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।

दुई दिनसम्म १० घण्टा लामो भेटघाटपछि येलेन आइतबार वासिङ्टन प्रस्थान गर्नुभएको हो ।

यद्यपि, दुई देशबीचको आर्थिक तनाव वास्तवमै कम हुने सम्भावना कम रहेको प्रतिवेदनमा उल्लेख छ । येलेनको भ्रमणबाट थप वार्ताको अपेक्षा गरिए तापनि उनले वा चिनियाँ अधिकारीहरूले महत्वपूर्ण नीतिगत मुद्दाहरूमा आफ्नो अडान परिवर्तन गरेनन् । जसले गर्दा दुवै पक्षले व्यापार, लगानी र प्रविधिमा थप द्वन्द्वको सम्भावनाको सामना गर्नुप¥यो ।

युक्रेनमा युद्ध, अमेरिकी भूमिमाथि उडेको अमेरिकी सेनाले खसालेको चिनियाँ जासुसी बेलुन, दुई देशबीच व्यापारमा बढ्दो प्रतिबन्धको आदान प्रदानलगायतका कारण अमेरिका र चीनबीचको सम्बन्ध वर्षौंदेखि बिग्रँदै गएको न्युयोर्क टाइम्सले जनाएको छ ।

येलेनले आइतबार आफ्नो चीन भ्रमण समाप्त गर्दै अमेरिका फर्किएका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनको भ्रमणको केही हप्तापछि उनको यो भ्रमण भएको हो ।

जुलाईमा जलवायु परिवर्तनका लागि राष्ट्रपतिका विशेष दूत जोन केरीले पनि विश्वव्यापी तापक्रम वृद्धिबारे वार्ता पुनः सुरु गर्न चीनको भ्रमण गर्ने भएको छ ।

भ्रमणका क्रममा बाइडेन प्रशासनले चीनको धेरै व्यापारिक अभ्यासका बारेमा गम्भीर चासो राखेको येलेनले स्पष्ट पारेका थिए । उसले विदेशी कम्पनीहरूलाई कसरी व्यवहार गर्दछ, साथै यसका नीतिहरूलाई अमेरिकाले आर्थिक बलप्रयोगको प्रयासको रूपमा हेर्छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले येलेनको भ्रमणबारे पत्रकार सम्मेलनको केही घण्टाअघि रिपोर्ट गरेको थियो र वार्तालाई रचनात्मक भन्दै प्रशंसा गरेको थियो भने चीनले विवादको प्रमुख क्षेत्रको रूपमा देखेको कुरालाई पनि दोहो¥याएको थियो ।

बाइडन प्रशासनले व्यापार प्रतिबन्धमार्फत अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षामा जोड दिएकोमा चीनको निरन्तर विरोधलाई प्रतिवेदनमा जोड दिइएको छ । “राष्ट्रिय सुरक्षालाई सामान्यीकरण गर्नु सामान्य आर्थिक र व्यापारिक आदानप्रदानका लागि अनुकूल छैन भन्ने चीनको विश्वास छ,” सिन्ह्वाले भनेको छ ।

“चिनियाँ पक्षले अमेरिकी प्रतिबन्ध र चीनविरुद्ध प्रतिबन्धात्मक उपायहरूबारे चिन्ता व्यक्त गरेको छ । चिनियाँ अधिकारीहरूले येलेनसँग आफ्नै चिन्ताबारे कुरा गरेका थिए । अहिले पनि लागू अवस्थामा रहेको ट्रम्प प्रशासनले चिनियाँ आयातमा लगाएको करबारे छलफल भएको अमेरिकी अर्थमन्त्रीले बताए ।

येलेनले करलाईलाई प्रभावहीन भन्दै आलोचना गरिरहेका छन् । उनले राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेदेखि नै प्रशासनको अडानलाई दोहो¥याउँदै करको बारेमा जारी आन्तरिक अध्ययनको निष्कर्षसम्म कुनै पनि निर्णय नगरिने सुझाव दिएका छन् ।

चीनका अधिकारी र विज्ञहरूले पनि केही प्रविधिमा देशको पहुँचलाई सीमित गर्ने प्रशासनको प्रयासले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘क्वान्टम कम्प्युटिङ’ जस्ता उच्च क्षमताका उद्योगहरूको वृद्धिमा बाधा पु¥याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

येलेनले आइतबार भने, “मैले चिनियाँ पक्षसँग राष्ट्रपति बाइडेनले केही अति सङ्कीर्ण उच्च प्रविधि क्षेत्रमा बाह्य लगानीमा सम्भावित नियन्त्रणको परीक्षण गरिरहेको कुरा स्पष्ट पारेको छु । यी प्रतिबन्धहरूले दुई देशबीचको लगानीको वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने कुरा हुनुहुँदैन ।”

सन् २०१५ देखि चीनले पनि विदेशी लगानीमा अझ व्यापक प्रतिबन्ध लगाएको छ, व्यवसाय र घरपरिवारलाई साइबर सुरक्षा, भारी उत्पादन र विमान उत्पादन जस्ता रणनीतिक उद्योगहरूमा विदेशमा लगानी गर्ने पक्षमा विदेशी रियल इस्टेटमा सट्टेबाजी नगर्न प्रोत्साहित गरेको छ ।

साङ्घाईस्थित फुदान युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्रमुख वु सिनबोले येलेनको भ्रमणले सम्बन्धमा महत्वपूर्ण सकारात्मक प्रभाव पार्नका लागि बाइडेन प्रशासनको चीनप्रतिको नीतिमा पनि परिवर्तन गर्नुपर्ने बताए । “अहिलेसम्म हामीले अमेरिकी राष्ट्रपति बाइडेनले चीनप्रतिको आफ्नो आर्थिक नीतिमा पुनर्विचार गर्ने कुनै सङ्केत देखेका छैनौं,” उनले भने ।

येलेनको भ्रमणपछि पनि चीनमा धेरैले अमेरिकाप्रति शङ्का व्यक्त गरेका छन् । वु सिनबोलाई उद्धृत गरी द न्युयोर्क टाइम्सले भनेको छ, “संयुक्त राज्य अमेरिकाले नीतिहरूलाई ‘राष्ट्रिय सुरक्षाको लागि मात्र प्रस्तुत गर्दछ । यस प्रसङ्गमा राष्ट्रिय सुरक्षाको दूरी कति ठूलो छ भन्ने प्रष्ट पार्नु महत्वपूर्ण सवाल हो ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT