Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुस-युक्रेन युद्धमा रुसका ५० हजार सैनिकको मृत्युः अध्ययन

रुस-युक्रेन युद्धमा रुसका ५० हजार सैनिकको मृत्युः अध्ययन


एजेन्सी । रुस र युक्रेनबीच विगत १५ महिनादेखि युद्ध चलिरहेको छ । यो युद्धमा न पुटिनले जितेका छन् न जेलेन्स्की हारेका छन् । यस्तो अवस्थामा दुई देशबीचको यो युद्ध कहिलेसम्म चल्छ भन्न गाह्रो छ ।

यसैबीच एउटा ठूलो खबर बाहिर आएको छ ।

पाँच सय दिनको यो युद्धमा रुसका ५० हजार सैनिकको मृत्यु भएको छ ।

यो कुरा एक अध्ययनमा खुलासा भएको हो ।

२४ फेब्रुअरी २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएको थियो, जुन अहिले पनि जारी छ ।

जुलाई ८ मा युक्रेन युद्धको ५ सय दिन पूरा भएको थियो ।

रुस–युक्रेन युद्धको ५०० दिन पूरा भएपछि दुई रुसी मिडिया आउटलेटहरू मिडियाजोना र मेडुजाले जर्मनी विश्वविद्यालयका डाटा वैज्ञानिकहरूसँग मिलेर अध्ययन गरेका थिए।

यस अध्ययनका अनुसार युक्रेन युद्धमा हालसम्म ५० हजार रुसी सैनिक मारिएका छन् ।

तर, रुसले यस युद्धमा आफ्ना ६ हजार सैनिक मात्र मारिएको बताएको छ ।

यस नयाँ अध्ययनमा मे २०२३ सम्म युक्रेन युद्धमा ४७ हजार रुसी सैनिक मारिएको बताइएको छ ।

अध्ययनका अनुसार गत वर्ष अर्थात २०२२ मा २५ हजार सैनिकको मृत्यु भएको थियो । यसमा विभिन्न उमेर समूहका मानिसहरुको सहभागिता रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT