Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकालाई पछि पार्दै चीनले विश्वको पहिलो मिथेनबाट चल्ने रकेट प्रक्षेपण गर्यो

अमेरिकालाई पछि पार्दै चीनले विश्वको पहिलो मिथेनबाट चल्ने रकेट प्रक्षेपण गर्यो


एजेन्सी । चीनको निजी अन्तरिक्ष कम्पनीले मिथेनबाट चल्ने विश्वको पहिलो रकेट प्रक्षेपण गरेको छ । चीनले एलन मस्कको कम्पनी स्पेसएक्सलाई पनि पछि पारेको छ ।

चीनको निजी एयरोस्पेस कम्पनी ल्यान्डस्पेसले बुधबार बिहान गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट जुक–२ नामक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

यो पूर्ण रूपमा मिथेन र तरल अक्सिजनद्वारा संचालित संसारको पहिलो रकेट बनेको छ।

यस वर्षको सुरुमा अमेरिकाको रिलेटिभिटी स्पेस कम्पनीको टेरान १ र स्पेसएक्स कम्पनीको स्टारशिप मिथेन अक्सिजनबाट चल्ने रकेटहरू पहिलो प्रयासमा कक्षामा पुग्न असफल भएका थिए।

यसअघि चिनियाँ कम्पनीले डिसेम्बर १४ मा जुक–२ नामक रकेट प्रक्षेपण गरेको थियो तर त्यसपछि त्यो कक्षमा पुग्न सकेन ।

तर, बुधबार चीनले दोस्रो प्रयासमा सफलता हासिल गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

Techie IT