Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाले आणविक शक्ति बढाउने

उत्तर कोरियाले आणविक शक्ति बढाउने


एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी भूमिमा आक्रमण गर्नसक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको तयारीमा व्यस्त छन् ।

उनले यस मिसाइलको दोस्रो परीक्षणको निरीक्षण गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

यससँगै उनले उत्तर कोरियाको आणविक क्षमता बढाउने संकल्प पनि गरेका छन् ।

सरकारी मिडियाले दिएको जानकारी अनुसार उत्तर कोरियाले दक्षिण कोरियाप्रति आफ्नो सुरक्षा प्रतिबद्धता बढाउने काम गरिरहेको छ ।

उत्तर कोरियाले अमेरिकाको कदमको जवाफ दिन आफ्नो हतियार विस्तार गर्ने घोषणा गरेको बताइएको छ ।

सरकारी सञ्चारमाध्यमले किमलाई उद्धृत गर्दै भनेका छन्, ‘वर्तमान अस्थिर अवस्थामा कोरियाली प्रायद्वीपको सुरक्षा वातावरणलाई शत्रु शक्तिहरूले सधैं गम्भीर रूपमा खतरामा पारेको छ। तसर्थ, आणविक युद्धको सामना गर्न हाम्रो क्षमताहरूलाई बलियो बनाउन थप प्रयासहरू आवश्यक छ।’

किमले हालै गरेको प्रक्षेपणलाई रणनीतिक शक्तिको प्रवर्द्धनका लागि महत्वपूर्ण कदमको रुपमा व्याख्या गरेका छन् ।

यो प्रक्षेपण यस्तो समयमा गरिएको हो जब उत्तर कोरियाले केही समय अघि अमेरिकाले आफ्नो देशमा जासुसी गरेको आरोप लगाएको थियो ।

उत्तर कोरियाले अमेरिकाले जासुसीका लागि उत्तर कोरियाको नजिक सैन्य विमान उडाएको बताएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT