Techie IT
२०८० जेठ १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ’

‘चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ’


एजेन्सी । संयुक्त राज्य अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत सी फेङले वासिङ्टनलाई चीनसँग वार्ता बढाउन, मतभिन्नता व्यवस्थापन गर्न र सहयोग प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।

“जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार अपराह्न आइपुगेका सीएले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने “राष्ट्रपति सी चिनफिङबाट संयुक्त राज्य अमेरिकाका लागि १२ औं चिनियाँ राजदूतको रूपमा नियुक्त गर्न पाउँदा म निकै गौरवान्वित छु । मेरो काम सम्बन्धहरूलाई सही मार्गमा फर्काउने हुनेछ ।”

उनले भने, “हाल, चीन–अमेरिका सम्बन्धमा गम्भीर चुनौतीहरू आएका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको भलो हुनेगरी सहकार्यका तीन सिद्धान्तअघि सार्नुभएको छ, जसले नयाँ युगमा दुई देशलाई एकअर्कासँग घुलमिल हुनका लागि आधारभूत र सही मार्गको प्रतिनिधित्व गर्दछ ।”

उनले थपे, “हामी आशा गर्दछौं कि संयुक्त राज्य अमेरिका चीनसँग पनि त्यही दिशामा अघि बढ्नेछ, र दुई जनता र विश्वको साझा हितमा काम गर्नेछ । ताइवान प्रश्न जस्ता महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरूलाई चीन–अमेरिकाको तिनै तीन सिद्धान्तअनुसार उचित तरिकाले समाधानको पहल गरिनेछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना…

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको

जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने…

एजेन्सी । जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा

युक्रेनद्वारा रुसको भूभागमा लगातार आक्रमण

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । युक्रेनले रुसको भूभागमा लगातार आक्रमण गरिरहेको छ । मिडिया रिपोर्टका

अमेरिकाले युक्रेनलाई विनाशकारी हतियार दिने, ३० करोड डलरको नयाँ सैन्य…

एजेन्सी । अमेरिकाले बुधबार युक्रेनका लागि ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेज (लजिस्टिक सपोर्ट) घोषणा गरेको छ । राष्ट्रपति

राजस्थानमा हरेक महिना १०० युनिटसम्म बिजुली निःशुल्क, सीएम अशोक गहलोतको…

एजेन्सी । भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानमा १०० युनिटसम्मको बिजुलीको बिल माफ गरिने घोषणा गरेका छन् । मुख्यमन्त्री अशोक

Techie IT