गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अफगानिस्तानमा बाढीमा ६ जनाको मृत्यु, एक सय घर ध्वस्तअफगानिस्तानमा बाढीमा ६ जनाको मृत्यु, एक सय घर ध्वस्त नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ०६:१७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् ।स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको मुसलधारे पानी आफूले एक दशक यता कहिल्यै अनुभव नगरिएको मध्य घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताएका छन् ।पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हेरात प्रान्तका एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने दुईसय हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ । कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएको छन् ।सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय सङ्कट गहिरिँदै गएको छ । प्राकृतिक विपत्तिको चपेटमा पनि युद्धले तहसनहस भएको यही मुलुक परेको छ । तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ भने विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन् । गैरसरकारी संस्था र संयुक्त राष्ट्र सङ्घीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत महिलालाई वञ्चित गरेको छ । #अफगानिस्तानमा बाढीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी ४ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ५ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ६ टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध ७ न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नभएको कानुनमन्त्रीको प्रष्टोक्तिThe Film Nepal