Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानमा बाढीमा ६ जनाको मृत्यु, एक सय घर ध्वस्त

अफगानिस्तानमा बाढीमा ६ जनाको मृत्यु, एक सय घर ध्वस्त


एजेन्सी । मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको मुसलधारे पानी आफूले एक दशक यता कहिल्यै अनुभव नगरिएको मध्य घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताएका छन् ।

पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हेरात प्रान्तका एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने दुईसय हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ । कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएको छन् ।

सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय सङ्कट गहिरिँदै गएको छ । प्राकृतिक विपत्तिको चपेटमा पनि युद्धले तहसनहस भएको यही मुलुक परेको छ । तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ भने विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन् । गैरसरकारी संस्था र संयुक्त राष्ट्र सङ्घीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत महिलालाई वञ्चित गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भर्जिनियाको रिचमण्डको एउटा पार्कमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु

एजेन्सी । अमेरिकाको भर्जिनियामा गोलीकाण्ड भएको छ । मिडिया रिपोर्टका अनुसार कमनवेल्थ युनिभर्सिटी नजिकै सात जनालाई गोली चलाइएको थियो, जसमध्ये

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

एजेन्सी । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र

रुसले बाँध भत्कायो ? युक्रेनमा भएको विनाशमाथि अमेरिकाको नजर

एजेन्सी । एक वर्षभन्दा बढी समयदेखि निरन्तर चलिरहेको रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनुको सट्टा थप घातक बन्दै गएको छ

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, छ…

एजेन्सी । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ

युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछ: नेटो प्रमुख

एजेन्सी । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गरेका छन् । यस्तो गतिविधिले मस्कोको

रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता

एजेन्सी । रक्षामन्त्री राजनाथ सिंह र उहाँका जर्मन समकक्ष बोरिस पिस्टोरियसले मङ्गलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । बैठकमा

Techie IT