Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएनआरएनए अमेरिकाको सचिवमा विश्व सुवेदीको उम्मेदवारी

एनआरएनए अमेरिकाको सचिवमा विश्व सुवेदीको उम्मेदवारी


काठमाडौँ । गैर आवसिय नेपाली संघ एनआरएनए अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए एनसिसि युएसको २०२३–२०२५ कार्यकालको सचिव पदका लागि तनहुँका सुवेदीले उम्मेदवारी दिने भएका हुन् । तनहुँको भिमाद नगरपालिका –६ निवासी सुवेदी अध्ययनको सिलसिलामा अमेरिका पुगेका बिगत १३ वर्ष देखि प्रोफेसनल इन्जिनीरिङ र आईटीका काममा व्यस्त रहेका छन् ।

समाजसेवी तथा सहयोगिको छवि बनाएका उनी विषेश गरि युवापुस्ताहरुलाई हरेक क्रियाकलापमा अगाडी बढाउनुपर्छ भन्ने धारणासहित युवापुस्तामा लोकप्रिय छन् । तनहुँ घर भएर पोखरामा अध्ययन गरेका सुवेदिकै नेतृत्वमा हरेक वर्षको जुलाई ४ को स्वतन्त्र दिवस पारेर तिन दिने वीकेंडमा नेपलिज अमेरिकन कन्भेन्सनको २०१६ देखि आयोजना गर्दै आएका छन् ।

उक्त कन्भेन्सनमा विशेष गरि युवावर्गहरुलाई समेटिने खेलकुद र खेलकुदमा पनि फुटबलको आयोजना हुने गर्दछ । गत हप्ता मात्रै टेक्सासको डल्लासमा आयोजना भएको छैठौ नेपलिज अमेरिकामा कन्भेन्सन भव्यताका साथ् सम्पन्न गराउन उनको महत्वपूर्ण भूमिका थियो ।

२०१३ मा सुवेदीले एफ वान ग्रुप खडा गरेर अमेरिकाभरि रहेका विद्यार्थी भिसामा आएकाहरुलाई ११०० डलरका दरले ६ जना विद्यार्थी लाइ छात्रवृति प्रदान गरिएको थियो । उक्त एफ वान ग्रुप ले त्यसपछि नेपालका विद्यालयमा पुस्तक, ल्यापटप आदि प्रदान गरेको थियो ।

२०७२ को महाभूकम्पताका ब्यास बिस्सु छुट्टिको समएमा नेपाल मै थिए । भुकम्पको भोलिपल्ट नै स्थानिय युवा क्लब भिमादसँगको सहकार्यमा आफ्नो नेतृत्वमा एक महिना राहत वितरणमा उनी सरिक भए ।

भुकम्पले क्षतिग्रस्त जिल्लाहरुमा राहत बाड्ने काममा अग्रसर रहेका सुवेदीले भूकम्पले बढी क्षति पुर्याएको गोरखाको तत्कालित तान्द्रंग गाविसमा रहेको भूकम्पले भत्काएको विद्यालय भवन पुनः निर्माण गरेका थिए ।

भूकम्पको राहत बाँडेर अमेरिका फर्किएलगत्तै, मिस नेपाल क्यालिफोर्निया कार्यक्रम आयोजना गरी त्यसबाट जम्मा भएको २३ लाखको लागतमा, गोरखामा ५ कोठे भवन बनाएका थिए ।

कला, चलचित्र क्षेत्रमा समेत रुची राख्ने सुवेदीले अमेरिकामा रहेका नेपाली हरुको जीवन, विशेष गरि बिद्यार्थीहरुको विषयलाई लिएर गत वर्ष ‘लाइफ इन एलए’नामक नेपाली चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र नेपालसहित अमेरिकाकोे विभिन्न शहरमा भव्यताका साथ प्रदर्शन भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

Techie IT