Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत


एजेन्सी । भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउनसहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् ।

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् । रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेशन लिमिटेड र टोटल इनर्जी ग्यास एण्ड पावर लिमिटेड (टोटल एनर्जी) बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास (एलएनजी) बिक्री र खरिद सम्झौता (एसपीए) स्थापनाको सम्झौता भएको छ ।

वैज्ञानिक सहयोगको क्षेत्रमा नेशनल इन्स्टिच्युट अफ ओशन टेक्नोलोजी, पृथ्वी विज्ञान मन्त्रालय चेन्नइ र इन्स्टिच्युट फ्रान्सिस डे रिसर्च पोर ले एक्सप्लोरेसन डे ला मेरबीच वैज्ञानिक एवम् प्राविधिक विशेषज्ञताको आदानप्रदानसहितका सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्तारक्षर भएको छ ।

त्यसैगरी स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगको लागि आशय पत्र जारी गरिएको छभने सहयोगका क्षेत्रहरूमा डिजिटल स्वास्थ्य, स्वास्थ्य सेवाका लागि ‘एआई,’ चिकित्सा फोहोर प्रशोधन प्रविधि, बायोटेक्नोलोजी, एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध लड्न चिकित्सकहरूको आदानप्रदान र प्रशिक्षणललायत विषय त्यसमा समावेश गरिएको छ ।

अन्तरिक्ष विज्ञानमा सहयोग अभिवृद्धि, डिजिटल प्रविधिको क्षेत्रमा संस्थागत सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमाका साथै नागरिक उड्डयनको क्षेत्रमा प्राविधिक सहयोग गर्नेसम्बन्धी एमओयुमा पनि हस्ताक्षर भएको छ ।

यसैबीच, प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच शुक्रबार भएको भेटवार्तामा भारत र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने सहमति भएको छ । साझा मूल्य, सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततामा विश्वासमा आधारित दुई देशबीचको सम्बन्ध अन्तररायष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति अटल प्रतिबद्धता, बहुपक्षवादमा अटल विश्वास र स्थिर बहुध्रुवीय विश्वको साझा खोजलाई दुवै नेताले जोड दिएका थिए ।

दुवै नेताले रणनीतिक साझेदारीका विगत २५ वर्षमा भएका द्विपक्षीय सहयोगका हरेक क्षेत्रमा भएको रूपान्तरण र विस्तारको समीक्षा गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

Techie IT