Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचनमा जाने इमरान खानको भनाइ

नयाँ राजनीतिक दल बनाएर भएपनि निर्वाचनमा जाने इमरान खानको भनाइ


एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताएको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका (डन) ले जनाएको छ ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताएका छन् ।

निक्केइ एसियाले आफ्नो चुनावी भविष्यमा लगाएको सम्भावित प्रतिबन्धको प्रभावबारे सोधिएको प्रश्नमा इमरानले भने, “यदि उनीहरूले पार्टीमाथि प्रतिवन्ध लगाए भने हामी नयाँ नामको पार्टी बनाउनेछौं र चुनाव पनि जित्नेछौँ ।”

भूतपूर्व प्रधानमन्त्री खानले भने, “यदि उनीहरूले मलाई अयोग्य घोषित गरे र मलाई जेलमा हाले पनि पार्टीले जित्छ ।”

पीटीआई अध्यक्षले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् ।

खानले आफ्नो पार्टीमाथि जारी कारबाहीबारे भने, “सरकार अझै पनि दलका नेता, कार्यकर्ता र शुभेच्छुकलाई धम्की दिएर हाम्रो शक्तिलाई कमजोर बनाउन खोजिरहेको छ । तर यो असम्भव हुनेछ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT