Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन’

‘उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन’


एजेन्सी । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताएका छन् ।

“मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र म यसको बारेमा चिन्तित छु,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएसलाई ‘फेस द नेशन’ नामक कार्यक्रमलाई दिएको एक अन्तवार्तामा भने ।

उनले भने, “म तत्काल त्यस्तो कुनै सङ्केत देख्दिनँ । तर उत्तर कोरियाले आफ्नो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षमताको सन्दर्भमा अर्को आणविक परीक्षण अघि बढायो भने यो कुनै आश्चर्यको विषय हुनेछैन ।”

सुलिभानले प्योङयाङले केही वर्षअघि नै आफ्नो आणविक क्षमताको परीक्षण शुरु गरेको र उनीहरूले यस क्रमलाई जारी राखेको बताए ।

उत्तर कोरियाका नेता किम जोङ उनले प्रत्यक्ष निरीक्षण गरेको आफ्नो देशको सबैभन्दा नयाँ आईसीबीएमको सफल परीक्षण गरेको उत्तर कोरियाले बिहीबार जनाएको छ ।

यसअघि एक पटक मात्र परीक्षण गरिएको ह्वासोङ–१८ क्षेप्यास्त्र ले छ हजार ६४८ किलोमिटरको उचाईमा एक हजार १ किलोमिटर उडेर पूर्वी सागरमा खसेको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध कमजोर अवस्थामा छ । गत वर्ष किमले आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति भएको घोषणा गरेका थिए र सामरिक आणविक हतियारसहित हतियार उत्पादन बढाउन आह्वान गरेका थिए।

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका र फ्रान्सलगायत उसका मित्र राष्ट्रहरूले बुधबारको प्रक्षेपणको कडा निन्दा गरेका छन् ।

सुलिभानले प्योङयाङसँग वार्ताका लागि वासिङ्टनको प्रस्ताव दोहो¥याउँदै राष्ट्रपति जो बाइडेनको प्रशासन आफ्नो आणविक कार्यक्रमबारे कुनै पूर्वशर्तबिना बसेर वार्ता गर्न तयार रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT