Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीपुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु

पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु


एजेन्सी । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको बारेमा केही पनि जानकारी हुँदैन् । बिग्रदो जीवनशैली र प्रदुषण पनि पुरुषको प्रजनन क्षमतामा कमी आउनुको मुख्य कारण हुन् ।

टाइट कपडा पहिरिनु

सधैं टाइट कपडा पहिरिनाले अण्डकोशको थैलीको तापक्रम बढ्छ जसको कारणले स्पर्म काउन्ट घट्न थाल्छ ।

सोयाबिन जन्य खानाहरु

हार्वड स्कूल अफ पब्लिक हेल्थले गरेको एक रिसर्च अनुसार धेरै सोयाबिन जन्य खानाहरु खानुहँदैन । यसमा हुने आइसोफ्लेवोनले स्पर्मको सङ्ख्या घटाँउछ ।

तनावमा रहनु

लगातार तनावमा रहनुले शरिरमा हार्मोनल असन्तुलन हुन्छ र साथमा शरिरको रक्त सञ्चार बिग्रिन्छ । यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

नियमित मदिरा सेवन गर्नु

मदिरा, चुरोट र अन्य कुनै प्रकारको नशा लिनुले शरिरमा स्टे«स हार्मोनको लेभल बढ्छ यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

ल्यापटप काखमा राखेर काम गर्नु

यदी नियमित ल्यापटप काखमा राखेर काम गर्नुहुन्छ भने यसको तातो अण्डकोशको थैलीसम्म पुग्छ । लामो समयसम्म यस्तो गर्नाले स्पर्म काउन्ट घट्छ ।

पर्याप्त निन्द्रा नपुर्याउनु

नियमित थोरै भन्दा थोरै सुत्नाले शरिरमा तनाव बढाउने वाला हार्मोनको लेभल बढाँउछ । यसले शरिरमा रक्त सञ्चार बिग्रिन्छ जसको कारणले स्पर्म काउन्ट कम हुँदै जान्छ ।

धेरै कफि पिउनु

म्यासाचुसेट्स जनरल हस्पिटलले गरेकोको रिसर्च अनुसार धेरै कफि पिउनु पनि पुरुषहरुको लागि हानिकारक छ किनभने यसमा भएको

क्यफिनले स्टेर्स हार्मोन बढाँउछ जसले स्पर्म काउन्ट घटाँउछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए

मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको

मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

Techie IT