Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीयी ५ खानेकुरा काँचै खाँदा थप पोषण मिल्छ, स्वास्थ्यका लागि निकै महत्वपूर्ण

यी ५ खानेकुरा काँचै खाँदा थप पोषण मिल्छ, स्वास्थ्यका लागि निकै महत्वपूर्ण


एजेन्सी । शरीरलाई तन्दुरुस्त राख्न मानिसहरु खानामा पौष्टिक तत्वहरु समावेश गर्दछन् । तर, यसका बाबजुद पनि शरीरलाई यिनीहरूबाट विशेष फाइदा हुँदैन । जसको एउटा कारण यो पनि हुनसक्छ कि मानिसले काँचो खानेकुरा पकाएर खान्छन् । यस्ता धेरै खानेकुरा छन्, जसलाई काँचो खाँदा शरीरलाई थप पोषण मिल्छ । आउनुहोस् जानौं यस्ता ५ नाम, जुन काँचो खान सकिन्छ ।

कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन के, भिटामिन सी, पोटासियम, क्याल्सियम र आइरन जस्ता पोषक तत्वहरूले भरिपूर्ण गाजर काँचो खाँदा बढी फाइदा हुन्छ। गाजरमा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाजनक हुन्छ । काँचो गाजरको सेवनले पेट र छाला लगायतका धेरै समस्याबाट बच्न सकिन्छ ।

चुकन्दरमा सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस जस्ता धेरै पोषक तत्व पाइन्छ । यसलाई खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । काँचो सलादमा चुकन्दर खान सक्नुहुन्छ र यसको जुस पनि पिउन सक्नुहुन्छ।

भिटामिन ए, भिटामिन सी, फाइबर र क्याल्सियम जस्ता पोषक तत्वहरूले भरिपूर्ण सलादको रूपमा टमाटर काँचो खान सक्नुहुन्छ। काँचो टमाटर तपाईको स्वास्थ्यको लागि लाभदायक साबित हुन्छ। एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण टमाटरले मधुमेह, क्यान्सर जस्ता धेरै रोगबाट बच्न पनि मद्दत गर्छ।

मानिसहरु बदाम र काजूलाई भुटेर खान मन पराउँछन् तर त्यसो गर्नाले भित्रको पोषक तत्व कम हुन्छ । बेलुका खानाको समयमा उपभोग गर्न सक्नुहुन्छ।

काँक्रोले शरीरलाई हाइड्रेटेड राख्छ, यसलाई काँचो खाएमा बढी फाइदा हुन्छ । काँक्रो पकाएर खाँदा यसको पोषक तत्व कम हुन्छ । काँक्रोलाई सलादको रुपमा, जुस बनाएर वा राईतामा बनाएर खान सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

देशभर आज शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज

Techie IT