Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीकिराँत राई समुदायले आज उँभौली पर्व मनाउँदै

किराँत राई समुदायले आज उँभौली पर्व मनाउँदै


काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।

 

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन् ।

 

उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

 

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही व्यक्ति जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । उनीहरुले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

 

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चिन्ता र तनावमुक्त रहन चाणक्यका यी नीतिहरू पालना गर्नुहोस्

एजेन्सी । आत्म–चिंतन र आत्मनिरीक्षणः चाणक्यले आत्मजागरूकता र आत्मचिन्तनको महत्त्वलाई जोड दिएका छन्। आफैलाई बुझ्नको लागि समय निकाल्नुपर्छ । आफ्नो

आज वातावरण दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने

चाणक्य नीतिः दु:ख र पीडाबाट मुक्ति पाउन चाणक्यका यी कुरामा…

एजेन्सी । आफ्नो नीतिहरूमा चाणक्यले जीवनमा चुनौतिहरू र दुःखहरू पार गर्ने धेरै तरिकाहरू दिएका छन्। उनले अनुशासन, ज्ञान र लचकताको

अनुकूल परिस्थितिको फाइदा उठाउन खोज्नेहरूबाट सावधान रहनुहोस्: आचार्य चाणक्य

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिमा भाग्यमा भर नभई कडा परिश्रम र परिश्रम गरेर सफलता प्राप्त गर्नमा जोड दिएका छन्

शत्रुमाथि सहज विजय प्राप्त गर्न चाणक्यका यी कुरामा ध्यान दिनुहोस्,…

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिहरूमा राजनीतिदेखि कूटनीतिसम्म धेरै कुराहरू बताएका छन् । जसको पालना गरेर व्यक्तिले आफ्ना शत्रुहरूलाई सजिलै

आज निर्जला एकादशीः घर घरमा तुलसीको दल राखिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन

Techie IT