Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीछठ पुजामा भुलेर पनि नगर्नुहोस् यी काम, स्वास्थ्य बिग्रन सक्छ

छठ पुजामा भुलेर पनि नगर्नुहोस् यी काम, स्वास्थ्य बिग्रन सक्छ


काठमाडौँ । आजबाट छठ पर्व सुरु भएको छ । छठ पूजा नेपालका विभिन्न क्षेत्रमा ठूलो धूमधामका साथ मनाइन्छ। दीपावलीपछि मानिसहरु यो पर्वको उत्सुकताका साथ प्रतिक्षा गर्छन् ।

चार दिनसम्म मनाइने चाडपर्वमा कठिन ब्रत बस्ने गरिन्छ ।

यो पर्वको सुरुवात पहिलो दिन नुहाएर र खाना खाएर हुन्छ । छठको व्रतसँगै आफ्नो स्वास्थ्यको पनि पूर्ण ख्याल गर्नुपर्छ ।

यदि तपाई पनि छठ व्रत मनाउने तयारीमा हुनुहुन्छ भने यो खबर तपाईको लागि हो ।

व्रत बस्दा केही सावधानी अपनाउनुपर्छ, जसले गर्दा तपाईको स्वास्थ्यमा कुनै असर नहोस् । तपाईलाई छठ व्रतमा ध्यान दिनुपर्ने कुराहरू बताउनेछौं।

यदि तपाई आफ्नो स्वास्थ्यको ख्याल राख्न चाहनुहुन्छ भने, धेरै बेर पानीमा उभिनु हुँदैन। धेरै पटक, केही महिलाहरू सूर्यको पूजा गर्नु अघि पोखरी वा अन्य पानीको ठाउँमा घन्टौं पर्खन्छन्। तर लामो समयसम्म पानीमा बस्दा स्वास्थ्यलाई हानी हुन सक्छ।

छठ पर्वमा पानी नपिई ब्रत बस्ने गरिन्छ । यसकारण महिलाहरूले व्रत बस्दा पानी पिउँदैनन् । निर्जला व्रत बस्दा घाम लाग्ने ठाउँमा धेरैबेर घुम्नु हुँदैन । यसले पनि निर्जलीकरण हुन सक्छ।

तपाईं आफ्नो शरीरलाई चिसो बनाउन बर्फ पनि प्रयोग गर्न सक्नुहुन्छ। बरफको टुक्रालाई कपडामा राखेर घाँटी, आँखा वा अनुहारमा लगाउन सक्नुहुन्छ।

छठ पूजाको व्रत अघि नै यसको तयारी गर्नुपर्छ । शरीरमा पानीको कमी नहोस् भनी छाँट, नरिवलको पानी वा कागतीको पानी पिउन सकिन्छ । यसले व्रतको समयमा ऊर्जा कायम राख्छ र डिहाइड्रेसनको कुनै गुनासो हुँदैन। यसका साथै व्रतको समयमा सकेसम्म कम बोल्नुपर्छ । तपाईलाई बढी तिर्खा लाग्ने छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT