Techie IT
२०८१ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीदुधसँग नखानुहोस् यी चिज

दुधसँग नखानुहोस् यी चिज


एजेन्सी । दुधलाई पूर्ण आहार मानिन्छ । यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम र प्रोटिनको मात्रा उच्च हुन्छ । जसले शरीरलाई धेरै रोगबाट बचाउँछ ।

दुधलाई थप पौष्टिक बनाउन मानिसहरु यसमा धेरै कुराहरु थप्ने गर्दछन् तर के तपाईलाई थाहा छ आयुर्वेदमा दुधसंग केहि चीजहरु खानु निषेध गरिएको छ । दुध पिएपछि यी चिज खाँदा पित्तदोष बढ्छ भनिन्छ । आउनुहोस् जानौं दुधमा कुन चिजबाट बच्नुपर्छ ।

माछा र दुधबाट बच्नुहोस्
दुधको प्रकृति चिसो हुन्छ भने माछाको प्रकृति तातो हुन्छ । यसलाई सँगै खाँदा शरीरमा धेरै समस्या आउन सक्छ । यसका अलावा कुखुरा र रातो मासुसँग पनि दुध खानबाट जोगिनुपर्छ, किनकि यसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ र पेट फुल्ने समस्या पनि हुन सक्छ ।

केरा र दुध नखानुहोस्
हामी सबैलाई थाहा छ दुध र केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यदि तपाई थकित महसुस गर्नुहुन्छ भने, तपाइँ आफ्नो आहारमा केरा र दुध समावेश गर्न सक्नुहुन्छ । यसबाट शरीरमा उर्जा आउँछ तर के तपाईलाई थाहा छ, दुध र केरा सँगसँगै खाँदा पाचन सम्बन्धी समस्या हुन सक्छ ।

दही र दुध सँगै नखाने
आयुर्वेदका अनुसार दुध र दही एकसाथ खानु हुँदैन । यदि तपाइँ यसलाई सँगै खानुहुन्छ भने तपाइँको पेट खराब हुन सक्छ, त्यसैले दुध र दही सँगै खानु हुँदैन ।

गुड खानु
प्रायः मानिसहरू दुधमा चिनीको सट्टा गुड मिसाउँछन् । यो एक स्वस्थ विकल्प हो, तर आयुर्वेदमा, दुधसँग गुड सेवन पेटका लागी हानिकारक भनिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

चौथो नेपालगञ्ज फोटो फेस्टिभलका लागि फोटो आह्वान

काठमाडाैँ । चौथो नेपालगञ्ज फोटो फेस्टिभलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । बुधबार प्रतिपदा तिथि परेको छ । आज प्रतिपदा

आज जनैपूर्णिमा

काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना

आज हरिशयनी एकादशी

काठमाडौँ । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन्

Techie IT