Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीउपराष्ट्रपति यादव द्वारा अपाङ्गता दिवसको शुभकामना

उपराष्ट्रपति यादव द्वारा अपाङ्गता दिवसको शुभकामना


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचान सहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा बसोबास गरेको फरक क्षमता भएका सबैलाई शुभकामना व्यक्त गर्दै संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड दिए ।

उनले शुभकामना सन्देश मार्फत नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गरेका छन् ।

“हामी एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न, उनीहरूको अधिकारको संरक्षण गर्न र हरेक क्षेत्रमा समावेशिताका लागि प्रतिबद्ध भई अघि बढ्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवले भने, “सबै मिलेर न्यायपूर्ण र समावेशी समाज र देशको निर्माण गर्दै सबैको सम्मान, योगदान र हकअधिकारलाई मान्यता दिन सक्नुपर्दछ ।”

सन् १९९२ देखि हरेक वर्षको डिसेम्बर ३ तारिखमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न यो दिवस मनाउने गरिन्छ ।

उपराष्ट्रपति यादवले समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको प्रयास आवश्यक भएकाले यो दिवसले त्यसमा ऊर्जा थप्नसक्ने विश्वास व्यक्त गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT