Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीनेपालीको औषत आयु ६० वर्ष

नेपालीको औषत आयु ६० वर्ष


काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ ।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार ८० प्रतिशत नेपाली ६० वर्षसम्म बाँच्न सक्ने निष्कर्ष निकालिएको हो । नेपालमा महिला भन्दा पुरूषको मृत्युदर बढी रहेको पनि तथ्यांक कार्यालयको निष्कर्ष छ । १ हजार जना महिलाको मृत्यु हुँदा पुरुषको मृत्यु दर १ हजार ३ सय ७६ जना देखिएको छ ।

सन् २०५० सम्ममा विश्वभरी औषत आयु ७७ दशमलव १ वर्ष हुनेछ । जुन अधिकांश मान्छे बुढो हुने प्रक्षेपण हो । नेपालमा २०६८ सालमा ६० वर्षभन्दा बढी उमेर समूहको जनसंख्या ८ दशमलव एक प्रतिशत थियो । तर, त्यो अहिले बढेर १० दशमलव २ प्रतिशत पुगेको छ । २१११ सालसम्म नेपाल बुढौली समाजमा रुपान्तरण हुने राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ ।

नेपालमा वृद्ध व्यक्तिहरूको जनसङ्ख्या वि.सं. २०४८ देखि लगभग तीन गुणा बढेको छ । जनसङ्ख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ । यसका पछाडि मुख्यतया जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको छ । बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । त्यसैगरी काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै गएको छ जसले आश्रित जनसङ्ख्याको अनुपातलाई अझै वृद्धि गरेको छ ।

त्यस्तै, तथ्यांक कार्यालयको अध्ययनले नेपालमा कम्तिमा १ लाख जनाले बोल्ने भाषा २१ वटा रहेको देखाएको छ । जनगणनाबाट प्राप्त नतिजामा १ सय २४ वटा मातृभाषा, १सय १७ ओटा दोस्रो भाषा र १ सय २४ वटा पुर्खाको भाषा पहिचान गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT