Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थजंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत


पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ ।

पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा आफै उम्रने प्रकृतिक फल काफल केही वर्ष अघिसम्म बेच्न सजिलो थिएन । काफलसँग अन्न, गहुँ, मकै, चामलसित बराबरीमा साट्नुपर्ने बाध्यता थियो तर, अहिले यातायातको पहुँचले काफले राम्रो मूल्य पाउन थालेको छ ।

माथागढी गाउँपालिकाका स्थानीयले एक महिना सम्म काफल बिक्री गरेर वर्ष दिन सम्म पुग्ने गरि परिवारका लागि अन्नको जोहो गर्ने गरेका छन । यहाँका अधिकांश परिवारका लागि आर्थिक गर्जे टार्ने मुख्य माध्यम बनेको छ काफल बन्दै गएको छ ।

चैतको पहिलो हप्तादेखि जेठ मध्यसम्म स्थानीयले काफल बेचेर दैनिक दुई हजारसम्म कमाउने गरेका छन । गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि पाल्पाको माथागढीबासीको मात्र नभई जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा, तानसेन नगरपालिकाका भित्रका गाउँ गाउँका हजारौं घरपरिवारका लागि आम्दानीको बलियो माध्यम काफल बनेको छ ।

गाउँका स्थानीय व्यापारीले नै संकलन गरी बुटवल, तानसेन जस्ता ठूला बजारमा मात्र नभई मुर्गिया, सुनवल बर्दघाटका बजारसम्म दैनिक जसो जान थालेपछि यसको महत्व बढ्दै गएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Techie IT