Techie IT
२०८२ असोज २१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीनेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी


काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले साठी हजारभन्दा बढी नागरिक डेङ्गुबाट सङ्क्रमित हुनसक्ने चिन्ताजनक आँकलन सार्वजनिक गरेको हो ।

मनसुन सक्रिय भएसँगै डेङ्गु फैलाउने लामखुट्टेको प्रजनन तीव्र हुने हुँदा आउँदा दिनहरू थप चुनौतीपूर्ण बन्ने सङ्केत देखिएको छ । महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गुको जोखिम उच्च रहेको बताउछन ।

महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गु फैलिसकेको छ । १ हजार ६ सय जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । तर, यो सरकारी तथ्याङ्कभन्दा वास्तविक सङ्क्रमितको सङ्ख्या निकै बढी हुनसक्ने सरकारको आंकलन छ ।

धेरै बिरामीमा लक्षण नदेखिने, देखिएकाले पनि परीक्षण नगराउने र परीक्षण भएका केहीको रिपोर्टिङ प्रणालीमा नआउने कारणले वास्तविक तथ्याङ्क बाहिर आउन नसकेको विज्ञको भनाइ छ ।

सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनको चरणमा लगेको महाशाखाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT