Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीछिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध– अध्ययन

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध– अध्ययन


एजेन्सी । लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ ।

यसअघिका अनुसन्धानले राति अबेरसम्म जागा रहने र बिहान ओछ्यानबाट बाहिर निस्कन कठिन गर्ने व्यक्तिलाई विभिन्न प्रकारका स्वास्थ्य समस्या हुने सम्भावना बढी रहने देखाएका थिए ।

सन् २०१८ मा बेलायतमा गरिएको एउटा अध्ययनले ६.५ वर्षको अवधिमा बिहानीपखको तुलनामा साँझमा मर्ने जोखिम १० प्रतिशत बढी हुने देखाएको थियो । यसको अथर्, निदाएको समयमा मृत्यु हुने जोखिम अत्यधिक हुने गर्छ ।

यो चिन्ताजनक समाचार भए तापनि उक्त अनुसन्धानले ती मृत्युका पछाडि रक्सीको सेवन जस्ता कारकहरूलाई ध्यानमा राखेको पाइने गरेको थिएन । त्यसैले, फिनल्याण्डका अनुसन्धाताहरूले क्रोनोबायोलोजी इन्टरनेसनल नामक जर्नलमा प्रकाशित एक अध्ययनमा यसबारे थप खोजी गरेका थिए ।

सन् १९८१ मा फिनल्याण्डमा २४ हजार उही लिङ्गका जुम्ल्याहा बच्चामा यो अध्ययन गरिएको थियो । उनीहरूलाई उनीहरू बिहान वा साँझमा निदाउँछन् भनेर पहिचान गर्न सोधिएको थियो ।

अध्ययनमा सहभागीमध्ये एक तिहाईले उनीहरू केही हदसम्म साँझमा निदाउने गरेकोजस्तो लागेको बताएका थिए अर्थात् १० प्रतिशतले उनीहरू निश्चित रूपमा साँझमा नै निदाउने गरेको बताएका थिए । बाँकी सबैले बिहानको निद्रा प्यारो लाग्ने बताएका थिए ।

रात्रिकालीन समयमा सक्रिय हुने उनीहरूले आफुलाई बैँसालु उमेरको भन्न रूचाएका धेरैले बढी रक्सी पिउने र चुरोट पिउने गर्थे । सन् २०१८ मा अनुसन्धानकर्ताहरूले अध्ययन गर्दा २४ हजारमध्ये आठ हजार ७०० भन्दा बढी जुम्ल्याहा बच्चाको मृत्यु भइसकेको थियो ।

यो ३७ वर्षको अवधिमा अनुसन्धानकर्ताहरूले रातिमा सक्रिय हुने व्यक्तिहरूमा सबै कारणबाट मृत्युको जोखिम नौ प्रतिशत बढी हुने देखाएको थियो । यो सन् २०१८ को अध्ययनको समान दर हो ।

तर यो भिन्नता ‘मुख्यतया धूम्रपान र रक्सीको कारण’ रहेको अध्ययनमा उल्लेख गरिएको छ । धुम्रपान नगर्ने तर हल्का रक्सी पिउने रातिमा सक्रिय हुने व्यक्तिहरू बिहान ढिलोसम्म सुत्ने मानिसहरूको तुलनामा पहिले मर्ने सम्भावना बढी नहुने उक्त अनुसन्धानले देखाएको छ ।

अध्ययनका प्रमुख लेखक फिनिश इन्स्टिच्युट अफ अकुपेशनल हेल्थका क्रिस्टर हब्लिनले एएफपीसँग भने, “रातिमा सक्रिय रहने र धुम्रपान तथा मध्यपान नगर्ने व्यक्तिले अकालमै मृत्युको जोखिम कम गर्न चाहेमा कम गर्न सक्छ भन्ने नतिजाले देखाएको छ ।

उनले भने, “साँझपख मानिसहरूले आफूले प्रयोग गरिरहेको रक्सी र सुर्तीको मात्राबारे गम्भीरतापूर्वक सोच्नुपर्छ । हब्लिनका अनुसार अन्य कारकहरूभन्दा पनि क्रोनोटाइप (मानिसहरूको छिटो सुत्ने समय)ले उनीहरूको मृत्युदरमा ‘थोरै वा कुनै’ पनि योगदान छैन ।

क्याम्ब्रिज युनिभर्सिटीका क्रोनोटाइप अनुसन्धानकर्ता जीवन फर्नान्डोले एएफपीसँग भने, “यो अनुसन्धान सही भए पनि अनुसन्धानका केही सीमितता छन् ।

उनले भने, “सहभागीहरूले बिहान वा साँझमा मात्र सक्रिय मानिसहरूको रूपमा मात्र आत्म–पहिचान गर्नु ‘असन्तोषजनक’ थियो किनभने यसमा कुनै पनि वस्तुगत जानकारी समावेश गरिएको थिएन।”

अध्ययनमा रक्सी र सुर्तीजन्य पदार्थबाहेक अन्य लागूपदार्थलाई पनि समावेश गरिएको छैन । उनले भने, “ विशेष गरी कोकिनलाई छिटो सुत्नेदेखि ढिलो उठ्ने व्यक्तिहरूसँग जोडिएको र उनीहरूको परिवर्तनका बारेमा उल्लेख गरिएको थियो ।

फर्नान्डोले यसअघि रातको समयमा ढिलो गरी सुत्ने व्यक्तिको मानसिक स्वास्थ्य खराब हुने र विशेषगरी चिन्ता हुने र लागूपदार्थको प्रयोगले समस्यालाई अझ चर्काउन सक्ने अनुसन्धानको नेतृत्व गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए

मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको

मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

Techie IT