Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीहराउँदै लुतो फाल्ने चलन

हराउँदै लुतो फाल्ने चलन


ढोरपाटन । आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।

बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताए । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उनको भनाइ थियो ।

पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको पुनले बताए । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उनले बताए ।

यसरी तुलो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको पुनको भनाइ थियो । “पहिले–पहिले साउने सङ्क्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ, दिनभरी जङ्गल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडा जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैबारीमा फलिन्थ्यो, लुतो फाल्दा दुःख कष्ट आइ नलाग्ने, बालीनाली र वस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने ?”, उनले भने ।

पुनले हालसम्म आफूले लुतो फाल्दै आएको भन्दै सन्तानले यो चलन गर्ने हुन् कि होइनन् भन्ने चिन्ता लागेको बताए । उनले लुतो फाल्ने विधि कसैले सिक्न चासो नदिएकाले यो प्रचलन हराउँदै जाने चिन्ता थप बढेको बताए ।

स्थानीय प्रेम बुढा मगरले असारमा किसानले बारीमा रुज्दैँभिज्दैँ खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन तुलो फाल्ने चलन बसेको बताउनुभयो । आज साँझ लुतो, दादलगायत रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको उनको भनाइ थियो ।

“हामी सानो हुँदा बाउबाजेले विभिन्न विधि÷पद्दति अपनाएर लुतो फाल्ने गर्नुहुन्थ्यो, तर अहिले उहाँहरु हुनुहुन्न, उहाँहरुसँगै विस्तारै लुतो फाल्ने प्रचलन पनि हरायो”, मगरले भने, “हामीले पहिला सिकेनौँ अहिले केकसरी लुतो फाल्ने केही थाहा छैन ।”

गाउँघरमा लुतो फाल्ने प्रचलन कम भए पनि साउन महिनालाई महिलाले विशेष रुपमा मनाउन थालेका छन् । साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहेन्दी लगाउनुका साथै भगवान शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गर्दछन् ।

व्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने बढेसँगै यसले विकृतिसमेत भित्र्याएको बुढापाको गुनासो छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

बागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

चीनमा नेपाली संस्कृति प्रदर्शन

चीन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा

Techie IT