Techie IT
२०८२ जेठ १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसमाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरू जुट्नुपर्नेमा जोडः महाप्रबन्धक बल

समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरू जुट्नुपर्नेमा जोडः महाप्रबन्धक बल


काठमाडौँ। नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरु जुट्नुपर्नेमा जोड दिए।

रोशी वाङ्मय प्रतिष्ठानले साउन २७ गते काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरेको प्रतिष्ठानको ११औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा महाप्रबन्धक बलले सो कुरा व्यक्त गरेका हुन्।

रोशी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका प्रथम मेयर टिपि शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समीर, रेडियो नमोबुद्धका अध्यक्ष भक्तबहादुर स्याङ्तान, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं. ४ का पूर्ववडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक मा.वि.का प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायत आतिथ्यता रहेको थियो।

उद्घाटन सत्रमा दीप प्रज्वलन गरी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. गोविन्दबहादुर थापाको तस्बिरमा माल्यार्पण गरिएको थियो।

संस्थाका सचिव यन्त्रनाथ खनालद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोदनाथ अधिकारीले प्रस्तुत गरेका थिए।

सो कार्यक्रममा स्थानीय कविहरु हरिकृष्ण सिलवाल र भैरवकुण्ड संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले सुन्दर कविता वाचन गरेका थिए।

भेलाले टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ। उपाध्यक्षमा मोदनाथ अधिकारी, सचिव यन्त्रनाथ खनाल, कोषाध्यक्ष्,ा अनिता शिल्पकार, सदस्यहरूमा ऋषिराम हुमागाईँ, दिनेश अधिकारी, रमेशप्रसाद न्यौपाने, हरिकृष्ण सिलवाल र राजु काफ्ले बयरधारी रहेका छन् भने दुई सदस्य पछि मनोनित गरिने भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

Techie IT