Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यनर्वेमा ‘मन्थ अफ दी आर्टिस्ट’ बन्दै प्रकाश आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी

नर्वेमा ‘मन्थ अफ दी आर्टिस्ट’ बन्दै प्रकाश आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी


काठमाडौँ । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको छ । महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् । जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ ।

नर्वेको दक्षिणी शहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, सँस्कृति, सृजनशिल, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो । केन्द्रले संसारभरबाट आएका मानिसहरूलाई निशुल्क साँस्कृति, भाषिक, सृजनशिल, सौन्दर्यहरू आदानप्रदान गराउँदै हितैसी भावना जगाउने काम गर्नुका साथै मानिसहरूलाई निशुल्क क्षमतावृद्दी तालिम प्रदान गर्दछ । केन्द्रले आफ्नो प्रदर्शनीकक्षमा हरेक महिना एक कलाकारको सृजनालाई समावेश गर्ने गर्दछ ।

प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, शुक्ष्म र वाइल्ड फोटोहरू समावेश गरेका छन् । जहाँ नेपालको परिचयन दिने तस्वीरहरू बढी छन् । आङदेम्बे फोटोग्राफीमा पनि अढाई दशकभन्दा लामो समयदेखि निरन्तर साधनारत छन् । हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी उनी आफु स्वयम चाही पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न बढी पराउँछन् । जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्दमा मात्र होइन, भाषामा मात्र होइन । फोटोमा पनि कविता भेटिन्छ ।’ भन्छन् । त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन् ।

‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक शहर हुनका साथै विश्वप्रसिद्द कबि÷नाटककार हेनरिक इव्सेनको जन्मभूमी पनि हो । सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि आङदेम्बेको अर्को फोटोप्रदर्शनी चलिरहेको छ । दक्षिण नर्वेका लोकप्रिय फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’ को व्यानरमा एक दर्जन फोटोग्राफरहरूको ४५ वटा फोटोग्राफी सहभागी छन् । जहाँ आङदेम्बेको ‘प्रेमको आकास’ ‘रंगहरूको जङगल’ र ‘इश्वरको रंग’ शिर्षकका तीनवटा फोटोहरू सहभागी छन् । यो प्रदर्शनी मे पहिलो हप्तावाट शुरु भएर जुन महिनाभरी रहनेछ । नर्वेजियन फोटोग्राफर बाहेक आङदेम्बे एक मात्र सहभागी विदेशी मुलका फोटोग्राफर हुन् । नर्वे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्नदेश हो । त्यसमाथि फोटोग्राफी विधालाई नर्वेमा कलाको उत्कृष्ठ विधाको मध्ये एक रुपमा हेर्ने गरिन्छ । आङदेम्बे भन्छन् ‘हरेक कुराको भाष्य र मुल्य निर्माण गर्न आवश्य हुनेरहेछ । भाष्य र मुल्य निर्माण गर्नलाई सँस्कार र सँस्कृति निमार्ण गुर्नपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ, सिक्न पाएँ ।’ आङदेम्बेलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT