Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भवन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भवन समिति गठन


काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भवन खरिद एवं निर्माणका लागि अनेसास भवन समिति गठन गरिएको छ ।

अनेसासका संस्थापक सदस्य, पूर्व अध्यक्ष तथा वर्तमानमा बोर्ड अफ ट्रष्टीका सल्लाहकार पुरू सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। उक्त समितिमा उपसंयोजकमा बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा तथा केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा , सचिवहरूमा बोर्ड अफ ट्रष्टीका महासचिव प्रकाश नेपाल र केन्द्रीय महासचिव विमला निरौला, कोषाध्यक्षहरूमा निजानन्द मल्ल, केन्द्रीय कोषाध्यक्ष र बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष, सदस्यहरूमा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टीका उपसभापति द्वय विष्णुप्रसाद घिमिरे र तीर्थराज पाण्डेय, अनेसास डिसी च्याप्टरका अध्यक्ष पुष्कर पन्त, अनेसास मेरिल्याण्ड च्याप्टर अध्यक्ष पूजा चन्द तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौला सदस्य रहने १३ सदस्यीय भवन समिति गठन गरिएको छ।

साथै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान अध्यक्ष गीता खत्री, निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल “माइला, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा. श्याम कार्की, बोर्ड अफ ट्रष्टीका, बोर्ड अफ ट्रष्टीका सल्लाहकारद्वय रोहिणी शर्मा र तीर्थराज अधिकारी, केन्द्रीय कार्यसमितिका सल्लाहकार भारती गौतम, र मोहन सिटौला भएको सल्लाहकार समिति गठन गरिएको छ।

उक्त निर्णय हालै सम्पन्न बोर्ड अफ ट्रष्टी र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

काठमाडौँ । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित

यसवर्षको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, मुखियालाई जगदम्बा श्री पुरस्कार

काठमाडौँ। यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ। मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन

अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम

काठमाडौँ। अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन्। प्रतियोगिताका लागि प्राप्त ३ सय एक

डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ। पद्मश्री साहित्य पुरस्कार– ०७९ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ले प्राप्त गर्ने भएको छ। खेमलाल हरिकला लामिछाने

अनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३०१ कविको कविता प्राप्त भएका छन्। राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त

Techie IT