Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यहास्यव्यङ्ग्य पुरस्कार स्थापना

हास्यव्यङ्ग्य पुरस्कार स्थापना


काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।

हास्यव्यङ्ग्यको प्रवद्र्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई रु २० हजारसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गर्ने भएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत सो संस्थाले चार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका मुक्तक, हाइकु, कविता र काव्यांशमध्ये उत्कृष्ट एक रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य कविता÷काव्य पुरस्कार’ प्रदान गरिने छ, भने फित्कौली डटकममा प्रविष्ट भएका निबन्ध, नाटक र समीक्षामध्ये उत्कृष्ट एक रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य निबन्ध÷ नाटक÷समालोचना पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यस्तै, वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका वा अन्य पत्रपत्रिकामा प्रकाशित बुढ््यौलीसम्बन्धी लेखरचना वा कृतिमध्ये उत्कृष्ट रचना वा कृतिका सर्जकलाई ‘फित्कौली बुढ््यौली साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । यसरी सम्मानित र पुरस्कृत स्रष्टालाई फित्कौलीको लोगो अङ्कित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिने छ ।

‘फित्कौलीको खित्कौली सम्मान’ बाहेक अरु पुरस्कारको रकम रु १५÷१५ हजार रहेको छ । अनलाइनका सम्पादक नरनाथ लुइँटेलद्वारा आफूले प्राप्त गरेका पुरस्कारबापत प्राप्त रकमसहित रु एक लाख ५० हजार अक्षय कोषका लागि प्रदान गरी अक्षय कोष स्थापनाको सुरुआत गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गान्तोकमा याक्थुङ मुन्धुमबारे गोष्ठी सम्पन्न

गान्तोक(सिक्किम)। याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा काम गरिरहेका लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ सिक्किममा सम्मानित भएका

अनेसास नवरत्न पुरस्कार समितिमा तारा अधिकारी चयन

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएका छन्। अनेसासको केन्द्रीय सदस्यसमेत रहनु भएको अधिकारीको

साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भोगाइ’ सार्वजनिक

काठमाडौँ। हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भोगाइ‘ कृतिको एक कार्यक्रमकाबीच विमोचन

पुस्तक समीक्षाः ‘हृदय’ पगाल्ने ‘भगवान्’ को कथा

काठमाडाैँ । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे । यसलाई उनी त्यति महत्व

‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !’

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्! संसदको भूमिका भाडमे जाओस्, नियमकानून भाडमे जाओस्, न्यायालय भाडमे जाओस्, पदीय जिम्मेवारी भाडमे जाओस्, प्रहरी,

नर्वेमा ‘मन्थ अफ दी आर्टिस्ट’ बन्दै प्रकाश आङदेम्बेको एकल फोटोग्राफी…

काठमाडौँ । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ

Techie IT