अनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३०१ कविको कविता प्राप्त भएका छन्। राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर पारेर आगामी आइतबार असोज ७ का दिन जूममार्फत आयोजना गरिने उक्त महोत्सवमा दोस्रो चरणमा छानिएका करिव पाँच दर्जन कविले कविता वाचन गर्नेछन्।
अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार तीनजना निर्णायकले प्रदान गरेको नम्बरका आधारमा प्रथम, दोस्रो र तीनजना लाई तेस्रो पुरस्कार प्रदान गरिने छ। ५ सय , तीन सय र दुई(दुई सय नगद र प्रमाण–पत्र रहेको कविता महोत्सवको यो तेस्रो संस्करण हो।
अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेका अनुसार अनेसास सचिवालयको बैठकले तीनजना निर्णायक चयन गरिसकिएको र कार्यक्रमको दिन निर्णायकलाई सार्वजिन गरिने छ।
महासचिव विमला निरौलाले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भएसकेको र प्रतियोगी कविहरूलाई वाचनका लागि निम्तो पठाउने र नाम सार्वजनिक गर्ने काम भइरहेको बताइन्। पुरस्कार दाताहरूले प्रायजसो पुरस्कारको रकम प्रायोजन गरिदिएकाले केन्द्रलाई आर्थिक सहजता भएको कोषाध्यक्ष निजानन्द मल्लले बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो
जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ
लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी
काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी
कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ
काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४