Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त

अनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त


काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३०१ कविको कविता प्राप्त भएका छन्। राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर पारेर आगामी आइतबार असोज ७ का दिन जूममार्फत आयोजना गरिने उक्त महोत्सवमा दोस्रो चरणमा छानिएका करिव पाँच दर्जन कविले कविता वाचन गर्नेछन्।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार तीनजना निर्णायकले प्रदान गरेको नम्बरका आधारमा प्रथम, दोस्रो र तीनजना लाई तेस्रो पुरस्कार प्रदान गरिने छ। ५ सय , तीन सय र दुई(दुई सय नगद र प्रमाण–पत्र रहेको कविता महोत्सवको यो तेस्रो संस्करण हो।

अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेका अनुसार अनेसास सचिवालयको बैठकले तीनजना निर्णायक चयन गरिसकिएको र कार्यक्रमको दिन निर्णायकलाई सार्वजिन गरिने छ।

महासचिव विमला निरौलाले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भएसकेको र प्रतियोगी कविहरूलाई वाचनका लागि निम्तो पठाउने र नाम सार्वजनिक गर्ने काम भइरहेको बताइन्। पुरस्कार दाताहरूले प्रायजसो पुरस्कारको रकम प्रायोजन गरिदिएकाले केन्द्रलाई आर्थिक सहजता भएको कोषाध्यक्ष निजानन्द मल्लले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यसवर्षको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, मुखियालाई जगदम्बा श्री पुरस्कार

काठमाडौँ। यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ। मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन

अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम

काठमाडौँ। अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन्। प्रतियोगिताका लागि प्राप्त ३ सय एक

डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ। पद्मश्री साहित्य पुरस्कार– ०७९ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ले प्राप्त गर्ने भएको छ। खेमलाल हरिकला लामिछाने

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त

नारायण थापा ‘कल्पित’का दुई कृति विमोचन

काठमाडौँ। लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्वारा लिखित दुई कृतिहरू शनिबार विमोचन भएका छन्। शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको

विपी साहित्य महोत्सव आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म

Techie IT