Techie IT
२०८० मंसीर २१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यडा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार

डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार


काठमाडौँ। पद्मश्री साहित्य पुरस्कार– ०७९ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ले प्राप्त गर्ने भएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको यस्तो निर्णय गरेको हो।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो। मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ।

प्रतिष्ठानले प्राप्त १८० पुस्तकमध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण (संक्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक गरेका थियो।

वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।

यसैगरी, यस वर्षको पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई अर्पण गरिने भएको छ।

उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन्। नेपाली चित्रकलामा पनि उनको योगदान विशिष्ट रहेको छ।

प्रतिष्ठानले २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।

यस्तै, गत वर्षदेखि प्रतिष्ठानले दिन थालेको पद्मश्री गौरव पुरस्कार शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले पाउने भएका छन्।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु। तीन लाख रहेको छ।

तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

काठमाडौँ। कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौँमा लोकार्पण सम्पन्न भएको छ। सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम

कुसुमको ‘भृकुटी’ सार्वजनिक

काठमाडौँ। साहित्यकार एवं प्रशासनविद् डा. गोविन्दप्रसाद कुसुमको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘भृकुटी’ सार्वजनिक भएको छ। काठमाडौँको भृकुटीमण्डपमा दक्षिण–एसिया अन्तर्राष्ट्रिय पुस्तक

मदन पुरस्कार विजेता ओझालाई सम्मान

टीकापुर । विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका

छायाँदेवी चेतनाथ गजल पुरस्कार ‘बोई’ र ‘मफलर’लाई

काठमाडौँ। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ। पुरस्कार २०७८ का लागि वसन्त

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज

सेतीकाली साहित्य सङ्गमको ४३ औं काव्य श्रृङ्खला तथा शुभकामना आदानप्रदान

तनहुँ । सेतीकाली साहित्य सङ्गम, तनहुँले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ

Techie IT