Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम

अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम


काठमाडौँ। अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन्। प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो।

साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ (न्यूजर्सी, अमेरिका), मदन घिमिरे (कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, नेपाल)को कवितालाई तृतीय घोषित गरेको छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने एकसय एकजना कविले कविता वाचन गरेका थिए।

जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए।

पुरस्कृत

प्रथमः जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका
(पुरस्कार प्रायोजकःतीर्थ पाण्डे)

द्वितीयः ऋषभदेव घिमिरे, ललितपुर, नेपाल
(पुरस्कार प्रायोजकः ईश्वरी भट्ट)

तृतीयः आनन्द श्रेष्ठ – न्यू जर्सी, अमेरिका
(पुरस्कार प्रायोजकः तीर्थराज अधिकारी)

तृतीय: (मदन घिमिरे, कास्की, नेपाल
(पुरस्कार प्रायोजकः सम्झना अर्याल)

तृतीयः सुन्दर शिरिष, सिन्धुपाल्चोक, नेपाल
(पुरस्कार प्रायोजकः नेत्रवन्धु पोखरेल)




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT