Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यविज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक


काठमाडौँ । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ ।

आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले ऊ बेलाको काठमाडौँ उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन् । साथै पुस्तकमा नेपालमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।

विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहेर काम गरिसकेका उनले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथाहरू पनि समेटेका छन् ।

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापान क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताए ।

पुस्तकमा क्लिन फिडको अवधारणा, बाढीपीडितका लागि गरिएको पहिलो ‘एसएमएस क्याम्पियन’, भूकम्पका बेला विदेशमा रहेका नेपालीबाट एक डलर र स्वदेशमा रहेकाहरूबाट रु एक सय सङ्कलनको अवधारणा र यसले पुर्याएको सहयोगको प्रसङ्ग पनि राम्रोसँग उल्लेख गरिएको छ ।

यसैगरी तत्कालीन सञ्चारकर्मी (हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति) रवि लामिछानेसँगको सहकार्यमा टेलिभिजनमा भएको ‘म्याराथन टक सो’, ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमा १० लाख जनाको हस्ताक्षर सङ्कलन अभियान र सो हस्ताक्षरलाई संयुक्त राष्ट्रसङ्घमा बुझाइएको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ ।

यस आत्मकथामा लेखक पौडेलले कलाकारितादेखि विज्ञापन व्यवसायसम्मको आफ्नो जीवनको यात्रालाई रोमाञ्चक ढङ्गले समेटेका छन् ।

उनले आफ्नो व्यवसायका सिलसिलामा करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभवको बयान गरी पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि उल्लेख गरेका छन् । लेखक पौडेलले पुस्तकको पहिलो प्रति सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि पुस्तक सार्वजनिक गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

काठमाडौँ। कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौँमा लोकार्पण सम्पन्न भएको छ। सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम

कुसुमको ‘भृकुटी’ सार्वजनिक

काठमाडौँ। साहित्यकार एवं प्रशासनविद् डा. गोविन्दप्रसाद कुसुमको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘भृकुटी’ सार्वजनिक भएको छ। काठमाडौँको भृकुटीमण्डपमा दक्षिण–एसिया अन्तर्राष्ट्रिय पुस्तक

मदन पुरस्कार विजेता ओझालाई सम्मान

टीकापुर । विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका

छायाँदेवी चेतनाथ गजल पुरस्कार ‘बोई’ र ‘मफलर’लाई

काठमाडौँ। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ। पुरस्कार २०७८ का लागि वसन्त

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज

सेतीकाली साहित्य सङ्गमको ४३ औं काव्य श्रृङ्खला तथा शुभकामना आदानप्रदान

तनहुँ । सेतीकाली साहित्य सङ्गम, तनहुँले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ

Techie IT