Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यजुगल र कर्माको गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा बिमोचन

जुगल र कर्माको गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा बिमोचन


काठमाडौँ। संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ। जसमा गीतकार कर्माको एकल रचना रहेको छ। थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको हो।

थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन्।

थाईल्यान्डमै बसोबास गर्दै आएका नेपाली भाषी थाई कलाकारहरुको यो सँग्रहमा बाहुल्यता रहेको छ। सँग्रहमा पाँच वटा गीत रहेको छ। यी सबै गीतहरु कर्माले रचना गरेका हुन्। गीतकार कर्मा पनि थाईल्यान्ड बासी नै हुन्।

विमोचन समारोहमा सो संघका संरक्षक कुमार कार्कीले सँग्रहका गायक गायिकाको प्रसँसा गर्दै भ्वाईस अफ नेपाल, मेरो भ्वाईस युनिभर्स जस्ता थुप्रै अन्तराष्ट्रिय नेपाली गायन रियालिटी शोमा थाईल्यान्डका नेपाली भाषी गायक गायिकाहरुले आफ्नो राम्रो प्रस्तुति दिईसकेको बताए। नेपाली भाषीहरु जहाँ रहे पनि उनीहरुले आफ्नो भाषा, भेषभुषा, धर्म सँस्कृति र परम्पारलाई सँधै जोगाएर अघि बढाउने गरेको सो संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष कार्कीले बताए।

सो संघकी अध्यक्ष वासना राईले पनि आफुहरुले थाईल्यान्डमा रहेका नेपाली कलाकारहरुको प्रोत्साहनको लागि यो गीतिसँग्रह प्रस्तुत गरेको बताईन् । बिमोचन समारोहमा बोल्दै कर्माले विदेशमा रहेर पनि राम्रो नेपाली गीतहरु हामी ल्याउन सक्छौं भन्ने उदाहरणको लागि पनि यो गीतिसँग्रह बजारमा ल्याएको बताए। आफुहरुले आगामी दिनमा पनि नेपाली भाषी प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पनि उनले कार्यक्रममा जनाए।
पछिल्लो समय एकल गीत सार्वजनिक गरिँदै आएको बेला यो सँग्रहमा पाँच वटा गीत राखिएको संगीतकार जुगलले बताएका छन्।

सँग्रहमा म तिमीलाई सम्झि रहन्छु…, जीवन एक सँघर्ष हो…, पुर्खाको देश…, हेर मेरो आँखामा… र थाई नेपाली संघको शिर्ष गीत रहेको छ।
यो सँग्रहको गीत मध्य एउटा गीत नेपालबाट गायक शिव परियार गाएका छन्। अर्को गीत हेर मेरो आँखामालाई नेपाली गायिका केन्जुमा सुब्बा र थाईल्यान्डका कलाकार पुनराम भण्डारीले गाएका हुन भने यो गीत केन्जुमाले नै लेखेकी हुन्। यो सँग्रहका गीतहरु म्युजिक भिडियो भने चाँडै बनाएर क्रमश रिलिज गर्दैजाने संगीतकार जुगल डँगोलले बताएका छन्। बाँकी अरु गीतमा थाईल्यान्डका कलाकारहरु अश्विन कुमार तामाङ, विक्की सेन्चुरी, राजा सुवेदी, चेस्टर लिम्बुको स्वर रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

काठमाडौँ। कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौँमा लोकार्पण सम्पन्न भएको छ। सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम

कुसुमको ‘भृकुटी’ सार्वजनिक

काठमाडौँ। साहित्यकार एवं प्रशासनविद् डा. गोविन्दप्रसाद कुसुमको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘भृकुटी’ सार्वजनिक भएको छ। काठमाडौँको भृकुटीमण्डपमा दक्षिण–एसिया अन्तर्राष्ट्रिय पुस्तक

मदन पुरस्कार विजेता ओझालाई सम्मान

टीकापुर । विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका

छायाँदेवी चेतनाथ गजल पुरस्कार ‘बोई’ र ‘मफलर’लाई

काठमाडौँ। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ। पुरस्कार २०७८ का लागि वसन्त

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज

सेतीकाली साहित्य सङ्गमको ४३ औं काव्य श्रृङ्खला तथा शुभकामना आदानप्रदान

तनहुँ । सेतीकाली साहित्य सङ्गम, तनहुँले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ

Techie IT