Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यकुसुमको ‘भृकुटी’ सार्वजनिक

कुसुमको ‘भृकुटी’ सार्वजनिक


काठमाडौँ। साहित्यकार एवं प्रशासनविद् डा. गोविन्दप्रसाद कुसुमको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘भृकुटी’ सार्वजनिक भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा दक्षिण–एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा कुसुमको पुस्तक भृकुटी सार्वजनिक गरिएको हो।

‘हरित तारा’ले चिनिने सातौँ शताब्दीकी नेपाली राजकुमारी भृकुटीको जीवनगाथा र त्यससमयको परिवेशमा लेखिएको उपन्यास भृकुटी इतिहासका तथ्यहरूको जगमा उभिएको छ।

पुस्तक सार्वजनिक कार्यक्रममा आफ्नो पाठकीय अनुभव राख्दै कानुनविद् प्रा.डा. युवराज संग्रौलाले इतिहासबारे सोधखोज गरेर लेखिने यस्ता आख्यानले इतिहासबारे थप अध्ययन गर्ने र खोजी गर्ने बाटो खोलिदिएको बताए। संग्रौलाले भने, ‘भृकुटीले तिब्बतमा नेपाली पहिचान स्थापित गर्न पुर्‍याएको योगदान हाम्रो इतिहासले बताउँदैन। तर, यो उपन्यासले त्यो तथ्य खोजी गर्ने कोसिस गरेको छ।’

उनले यो उपन्यासलाई विश्वविद्यालयमा नेपाली साहित्यका विद्यार्थीका लागि पढाइनुपर्ने समेत बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT