Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यगुरुकुलमा ‘आधा–अपूरो’

गुरुकुलमा ‘आधा–अपूरो’


काठमाडौँ । भारतीय नाटककार मोहन राकेशद्वारा लिखित ‘आधे अधुरे’ को नेपाली रूपान्तरण हो, नाटक ‘आधा–अपूरो’ । नाटककार राकेश (सन् १९२५–१९७२) प्रसिद्ध हिन्दी नाटककार हुन् । असारको एक दिन, आधे अधुरे, लहरों के राजहंश उनका हजारौँ पटक मञ्चन भएका नाटक हुन् । भारतीय रङ्ग जगत्मा उहाँको नाम अग्रपङ्क्तिमा आउँछ ।

नाटक ‘आधा–अपूरो’ ले आधुनिक मध्यमवर्गीय परिवारको आन्तरिक कलह तथा समाजमा महिला र पुरुषले एकअर्कामा गर्ने अपेक्षालाई चित्रण गरिएको छ । नाटकको मुख्य पात्र सावित्रीले जे जसो गरेर भए पनि एक्लै घर धान्नुभएको छ । उनलाई श्रीमान् महेन्द्र व्यक्तित्वहीन र परनिर्भर छन् । त्यसैले उनी लगातार एउटा पूर्ण मान्छेको खोजीमा भौँतारिनुहुन्छ । जति खोज्दा पनि त्यो मान्छे भेट्दिन । उनी कतै कुनै व्यक्तिमा पूर्ण मान्छेको विशेषता पाउनुहुन्छ । उप्रति आकर्षित छन् । समयको अन्तरालमा उसलाई पनि उनी अपूरो पाउँछन् र निराश भइरहन्छन् । उनलाई नै थाहा छैन कि उहाँले कस्तो मान्छे खोजिरहेको हो । त्यस्तै अर्कोतर्फ महेन्द्रलाई श्रीमतीले अपमानित गरिरहेको, आफूलाई नियन्त्रण गर्न खोजिरहेको महसुस हुन्छ । उनी हीनताबोध गर्छन् । त्यसैले उहाँ परिवारबाट नै पटक पटक टाढा जाने कोसिस गरिरहनुहुन्छ र प्रत्येक पटक फर्किनु पर्छ ।

बाध्यता, आवश्यकता र महìवकाङ्क्षाले उत्पन्न गरेका परिस्थितिको चित्रण हो, नाटक ‘आधा–अपूरो’ । शङ्कर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकमा रामभजन कामत, मौसम खड्का, सम्झना भट्टराई, सुवास तिमल्सिना, विशाल देवकोटा, शर्मिला नेपाल (निराकार), रोशन चन्द, सन्तोष पोखरेललगायतको अभिनय रहेको छ । काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा थापागाउँस्थित आरोहण गुरुकुल (कञ्ज थिएटर) मा नाटक ‘आधा–अपूरो’ मञ्चन भइरहेको छ । जेठ ५ गतेदेखि मञ्चन भएको नाटक आगामी जेठ २२ सम्म मञ्चन हुनेछ ।

निर्देशक शङ्कर पोखरेलले भारतीय नाटककार मोहन राकेशले लेखेको नाटक ‘आधे अधुरे’ लाई नेपालीमा अनुवाद गरेका हुन् । निर्देशक पोखरेलको यो डेब्यु निर्देशन हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !’

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्! संसदको भूमिका भाडमे जाओस्, नियमकानून भाडमे जाओस्, न्यायालय भाडमे जाओस्, पदीय जिम्मेवारी भाडमे जाओस्, प्रहरी,

नर्वेमा ‘मन्थ अफ दी आर्टिस्ट’ बन्दै प्रकाश आङदेम्बेको एकल फोटोग्राफी…

काठमाडौँ । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ

अनेसासको मञ्चमा युगकवि सिद्धिचरण

काठमाडौँ। अनेसासले स्थापना कालदेखि नै अग्रज साहित्यकारहरूको सम्मानमा कार्यक्रम गर्दै आएको छ। यसैको निरन्तरता स्वरुप शनिवार युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झने

पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा

काठमाडौँ । पत्रकार, प्राध्यापक, मानवाधिकारवादी र राजनीतिक विश्लेषकको उपाधि पाउनुभएका पुरुषोत्तम दाहाल नेपाली प्राज्ञिक क्षेत्रमा चर्चामा रहने नाम हो ।

हास्यव्यङ्ग्य पुरस्कार स्थापना

काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा

Techie IT