Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यजनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा


जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहीबारदेखि यही माघ २२ गतेसम्म सञ्चालन हुने पाँच दिवसीय महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताए ।

महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बंगाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले र समापन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नेछन् ।

विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झ लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT