Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यलेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक


काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।

शिक्षणलाई मुल पेशा बनाएकी दाहालको ‘डोहोडोहो डोल्पो’ दोस्रो कृति हो । यसअघि उनको यात्रा निबन्ध ‘प्रियसँगको यात्रा’ २०७५ मा प्रकाशित भएको थियो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो, ‘डोहोडोहो डोल्पो’ । यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रुपमा चित्रित गरेकी छिन् । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाई र जटिलता जस्ता विविध पक्षहरु पढ्न सकिन्छ ।

चर्चित गजलकार बाबु त्रिपाठिले सहजिकरण गरेको ‘डोहोडोहो डोल्पो’ सार्वजनिकिकरण समारोह अन्य कार्यक्रम भन्दा भिन्न रह्यो । मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथि कोही निम्त्याईएका थिएनन् । बरु समालोचक तथा साहित्यका खरो टिप्पणिकार राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देललाई सञ्चालक त्रिपाठिले लेखन, यात्रा र साहित्यबारे केही प्रश्न र जिज्ञासा राखे । ‘डोहोडोहो डोल्पो’ कि लेखक दाहालले अन्तिममा बोल्ने मौका पाईन् । उनले गुरु निर्मोही ब्यास र भूमिका लेखिदिने साहित्यकार युवराज नयाँघरे, इल्या भट्टराईलाई विशेष धन्यबाद दिईन् । कार्यक्रम उपस्थित सम्पूर्ण दर्शकहरुलाई उनले अतिथि र प्रमुख अतिथिको संज्ञा दिईन् । पुस्तक बिमोचनकै क्रममा कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाएका थिए ।

‘डोहोडोहो डोल्पो’ लाई समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठि, साहित्यकार भुवनहरि सिग्देल, भुँडिपुराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए ।

भुँडिपुराण प्रकाशनले प्रकाशन गरेको १ सय ५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २ सय ९० रूपैंयाँ राखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकामा अनेसासको कविता महोत्सब

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य

रेजिनाको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ । पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासंग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच विमोचन गरिएको छ । कलमपोखरीको सिटी सेन्टरस्थित फुड

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर

राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिक

काठमाडौँ । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता

उपन्यास ‘स्व’ सार्वजनिक

काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

Techie IT