Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यगिरीको ‘ईश्वरको अनुहार’ माथि अन्तर्क्रिया

गिरीको ‘ईश्वरको अनुहार’ माथि अन्तर्क्रिया


काठमाडौँ । साहित्यकार दिव्य गिरीको दोस्रो कथासंग्रह ‘ईश्वरको अनुहार’माथि अन्तर्क्रिया भएको छ । शब्दपथको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार दिव्य गिरीसँगको सम्बन्धको चर्चा गर्दै गिरीका कथाहरू मूल्यवान रहेको बताए ।

कार्यक्रममा अग्रज कथाकार सनत रेग्मी, प्रा.डा. सुरेन्द्र के.सी. तथा शारदाका सम्पादक विमल भौकाजीले शुभकामना मन्तव्य राखे ।

शब्दपथका प्रधान सम्पादक तथा कथाकार किशोर पहाडीले कृतिभित्रका पाँच कथा ‘सनाखत’, ‘मुक्ति ’, ‘फोटो’, ‘परिवर्तनपछि बिर्खबहादुर’ र ‘अज्ञात समूह’ माथि ।पाठकीय टिप्पणी राखे ।

त्यस्तै कार्यक्रममा लेखकहरू प्रा.डा. अञ्जना वस्ती भट्टराई, भवानी खतिवडा र अनिता कोइरालाले कृतिभित्रका अन्य कथाहरुमाथि टिप्पणी गरेका थिए । सो अवसरमा कथाकार गिरीले समेत बोलेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT