Techie IT
२०८२ जेठ ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यतारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती


काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्कभित्र भानुभक्तको सालिकमा माल्याअर्पण तथा कविता बाचन कार्यक्रमगरी भव्यताको साथ मनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष उत्तम के.सी.को सभापतित्व र साहित्यकार/कवि श्रीहरि फुयालको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार भोजराज न्यौपाने, बासुदेब ठकुरी, भीष्मराज ढुंगेल, बालकृष्ण सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवी, दिलकुमारी डंगोल र बाल प्रतिभा प्रतिष्ठि भण्डारी, अभिमा घिमिरे लगायतले भानुभक्त सम्बन्धि आ–आफ्ना रचना बाचन गरेका थिए ।

समारोहमा प्रमुख अतिथी श्रीहरिले आदिकवी भानुभक्तको महिमासहित जीवन गाथा वर्णन गरेका थिए थियो भने बलराम फुयालले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गरेका थिए । धुर्बराज खड्काले कला साहित्य गीत संगीत एक अर्काको पुरक रहेको भन्दै आफ्नो धारणा राखेका थिए । प्रतिष्ठानका अध्यक्ष केसीले भानुक्त रामायणको पंक्तिहरू वाचनगर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । केसीले कवि श्रीहरि फुयालले हालै एक लाख धनराशीको महाकवी देवकोटा साहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा बधाई तथा शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा चलचित्र निर्देशक अमर वलि, कलाकार विकासकुमार दास, अन्जनी केसी, दिप्तप्रकाश अधिकारी, नरेश वली, केशव सिठौला, हरिहर सिलवाल, समाजसेवी इन्द्रनारायण मानन्धर, बाइसधारा पार्कका कार्यालय प्रमुख निरन्जन बस्नेत, सामाजिक अभियन्ता जेवी रसाइली, राम पाण्डे, सुरेन्द्र थापा लगायतका व्यत्तित्वका साथै स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियोे ।

गोपाल घिमिरेले सहजिकरण गर्नुभएको कार्यक्रमा प्रतिष्ठानका महासचिव प्रकाशबिक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष रामशरण कोइरालाले संयोजन गरेकाे कार्यमलाई बालाजु बाईसाधारा उद्यान कार्यालय र का म न पा १६ ले सफल पार्न सहयोग गरेको थियो ।

संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

Techie IT