Techie IT
२०८२ जेठ ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठसाहित्य२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान


काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

एक्काइसौं शताब्दी : के सोचिरहेको छ र के लेखिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर सिर्जना पठाउन नेपालयले आह्वान गरेको हो । स्थापनाको २५ वर्ष पुगेको अवसरमा नयाँ पुस्ताका लेखक पहिचान गर्न यस्तो आह्वान गरिएको नेपालयले जनाएको छ ।

सङ्कलित सिर्जनाबाट सन् २०२५ भित्र कथा, कविता र निबन्ध तीनवटै विधामा फरक फरक पुस्तक प्रकाशन गर्ने नेपालयले जनाएको छ । निर्णायक समितिले तीनवटै विधामा २५ वटा रचना छान्नेछ । छनोटमा परेका रचना पुस्तकका रूपमा प्रकाशित हुनेछन् ।

पुस्तकमा समेटिएका रचनाका लेखकलाई रोयल्टी दिने व्यवस्थासमेत गरिएको नेपालयले जनाएको छ । नेपालयका अनुसार सबै भाषामा आफ्नो सिर्जना पठाउन सकिनेछ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग भएका रचना मान्य नहुने र रचना दुई हजार ५०० शब्दमा सीमित हुनुपर्ने नेपालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

Techie IT