Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसाहित्यकार गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

साहित्यकार गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण


काठमाडौँ। युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो।

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तकहरु लोकार्पण गरेका हुन्।

लोकार्पण समारोहमा लेखक गौतमलाई वधाई दिँदै कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै नै रोचक र समयसामयिक लागेको बताएका छन्।

कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकले अवश्य छुने धारणा व्यक्त गरे।

समालोचक डा.रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे। उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा.ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे।

कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसंगको सहकार्यमा दुई वटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताए।

ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको बताए।

मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ।

२०३८ साल असार १७ गते हेटौँडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गरेका हुन्। त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए।

गौतमलाई साहित्यकारको रुपमा स्थापित गर्ने काम उनले २०७० मा प्रकाशित गरेको कथोपन्यास ‘घाट घाटका कथा’ ले गर्यो। यो कथोपन्यासमार्फत उनी पाठकको मन–मनमा बस्न सफल भएका थिए। २०७० सालमै गौतमले गीति संग्रह ’सरसी’ पनि प्रकाशित गरेका थिए।

कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ मा के छ?

कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’ मा कुल ११ वटा कथाहरु समावेश गरिएको छ। यो कथा संग्रहमा फरक परिदृष्यका कथाहरु समावेश गरिएका छन्। यो कथा संग्रहमा साहित्यकार गौतमले बाल्यवस्थाका कथादेखि लिएर यौवन अवस्थाका मानवीय संवेदनामा आधारित कथाहरु समावेश छन्। विगत अनि वर्तमानका हाम्रै वरपरका भौगोलिक क्षेत्रभित्र बाल तथा युवा मनोविज्ञानलाई चित्रण गर्दै सामाजिक वस्तुस्थितिलाई समेत जोडेर लेखिएका कथाहरु जिवन्त प्रतित हुन्छन् । यो पुस्तकका केही कथाहरु अलि काल्पनिक झैँ लागेता पनि तिनको वर्णनले यथार्थता झल्काउने कोशिस भने गरेकै छन्।

‘बार्दली’ मा युवा वर्गले भोगेका अनुभवहरु
लेखक गौतमको यसअघिको उपन्यास ‘लभ एट २५’ को दोश्रो भागको रुपमा लेखिएको उपन्यास हो– ‘बार्दली’। यो उपन्यासमा एक जना संर्घषशील युवाको कथा हो। पहाडबाट काठमाडौं झरेको एउटा विद्यार्थी, युवाको मेहेनत, उसको जीवनमा आउने विविध उतार–चढाव तथा त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित यो उपन्यासले हालका युवा वर्गले भोगेका अनेकौं अनुभवहरु समेटिएको छ। ‘बार्दली’ उपन्यासमार्फत उपन्यासकार गौतमले थोरै रोमान्टिक, थोरै पीडाबोध अनि यथार्थपरक जीवन भोगाई झैँ लाग्ने शैलीमा लेखकले पाठकलाई आकर्षित गर्न खोजेको देखिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकामा अनेसासको कविता महोत्सब

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य

रेजिनाको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ । पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासंग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच विमोचन गरिएको छ । कलमपोखरीको सिटी सेन्टरस्थित फुड

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर

राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिक

काठमाडौँ । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता

उपन्यास ‘स्व’ सार्वजनिक

काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

Techie IT