Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु

ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु


काठमाडौँ। ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ५ लेलेमा विद्युत्को तार चुडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु भएको हो।

महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार लेले महादेवखोला सौराहा भञ्ज्याङमा बिहानै छाता ओडेर गन्तव्यतर्फ जाने क्रममा स्थानीय २६ बर्षिय राजु तामाङको मृत्यु भएको हो।

रातको समयमा हाइ भोल्टेजले चुडिएर बाटोमा लतारिएको तारमा उनी अल्झदा करेन्ट लागेको प्रहरीको भनाई छ।

उनको शव प्ररहीले पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाएको छ।

स्थानीयहरुले विद्युत प्राधिकरणले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोलि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले

नारायणी नदीमा दुई वटा शव फेला

काठमाडौँ । नारायणी नदी किनारमा शनिबार दिउँसो दुई वटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुई

विश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको आफूप्रतिको विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका छन्

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् ।

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज

Techie IT