Techie IT
२०८० मंसीर २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘सफल’को पर्चासहित सिनामंगलमा शंकास्पद वस्तु फेला

‘सफल’को पर्चासहित सिनामंगलमा शंकास्पद वस्तु फेला


काठमाडौँ । काठमाडौँको सिनामंगलमा एक व्यक्तिले हस्तलिखित पर्चासहित बमजस्तो वस्तु राखेका छन् । मूल सडकसँगै रहेको बन्द पसलको सटरअगाडि शंकास्पद वस्तु भेटिएको हो ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्तको टोली घटनास्थल पुगेको छ भने नेपाली सेनाको बम डिस्पोजल युनिटलाई पनि खबर गरिएको छ ।

खोटाङ हलेसी ज्वेलर्स नजिकै रहेको कालो टेपले बेरेको वस्तुमा रातो, कालो तार पनि समेत देखिएको छ । उक्त बस्तुसँगै एउटा पर्चा पनि सँगै छ, जसमा यस्तो लेखिएको छः

खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नस् । तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो ।

यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।

संयोजक
सफल




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले

नवराज विकसहित छ जनाको हत्या प्रकरण: २३ जनालाई जन्मकैद

काठमाडौं । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका

टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ। टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा

४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छः अध्यक्ष…

काठमाडौँ। बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै

Techie IT