Techie IT
२०८१ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुकुम पश्चिम दुर्घटना अपडेटः गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइयो

रुकुम पश्चिम दुर्घटना अपडेटः गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइयो


काठमाडौँ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ बिहीबार बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज पठाइएको छ।

सानीभेरीका कर्णबहादुर बाठा मगर र देउचन खत्री, प्रसिद्ध कुसारी, अनिता केसी, ललित बाठा मगर, प्रेम बाठामगर, बाँफिकोट–८ का रेखा खत्री र उनका छोरा रोशनको अवस्था गम्भीर रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ। तीमध्ये चार जना प्रसिद्ध, अनिता, ललित र प्रेमलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज रिफर गरिएको हो।

अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु र १० जना घाइते भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग

धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धार

काठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको

निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन्

Techie IT