Techie IT
२०८३ असोज १२, सोमबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ सुन तस्करी प्रकरणः पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप

सुन तस्करी प्रकरणः पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप


काठमाडौँ । एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ ।

आरोपी चार जनालाई शुक्रबार उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएकाले म्याद थप गर्न सकिएको थिएन ।

यसअघि बुधबार पक्राउ गरेका छ जना (सुन ओसारपसारमा सङ्लग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल) माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिसकिएको छ ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन अहिले परीक्षण तथा तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । विभागका अनुसार विभागका निर्देशकको संयोजकत्वमा टोली बनाएर उक्त प्रकरणको अहिले अनुसन्धान भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT