Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालभ्रष्टाचारविरुद्ध सरकार सक्रिय छः पूर्व शिक्षामन्त्री पौडेल

भ्रष्टाचारविरुद्ध सरकार सक्रिय छः पूर्व शिक्षामन्त्री पौडेल


बागलुङ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सचिव तथा नेपाल सरकारका पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार विरुद्दको अभियान थालेको बताएका छन्। उनले कसैको दबावमा नपरी काम गरेको भन्दै वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरु डराएको बताए।

उनले सरकारले सुशासनको एजेण्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानूनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार विरुद्धको आबाज उठाएको पनि बताए। उनीहरुको उक्साहटमा लागेर केही राजनीतिक दलका नेता कार्यकर्ताले पनि सरकार विरोधी धारणा बनाएको बताए।

उनले अहिले सम्म संस्थागत रुपमा कुनैपनि दलले सरकार विरुद्धको अभियान नचलाएको बताए। ‘एकादुइ जनाले कतै व्यक्तिगत रुपमा बोलेपनि संस्थागत रुपमा यो गठबन्धन विरुद्ध पनि आवाज आएको छैन’ उनले भने, ‘सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएको कसैलाई मन नपरेको हुन सक्छ ’ तर संस्थागत रुपमा कसैले सरकारको बिरो गरेमा पनि केही फरक नपर्ने उनले बताए।

प्रेस सेन्टर नेपाल, बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा बोल्दै पौडेलले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघिय निजामती ऐन लगायतका कानून आउने बताए। मिटर व्याजी विरुद्धको विधेयक पास भएको र अन्य धेरै समस्याका समाधानमा सरकारले काम गरेको बताए । उनले प्रधानमन्त्रीको दलको सचिवको नाताले धेरै काममा दलको अपनत्व भएको पनि बताए।

उनले हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिव शिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने बताए। उनले उजुरी नपरुन्जेल ढिला भएपनि अब भनें प्रशासन पनि तातेर जनताको पैसा हिनमिना हुन नदिनेमा पुगेको बताए। ‘हामीले भनेका छौं, प्रशासन पनि तातेको छ’ उनले भने, ‘पीडितको उजुरी ढिला आएकोले कतिपय अनुसन्धान, पक्राउ पुर्जी जारी लगायतका काम ढिला भएको रहेछ।’ इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली जेठ ५ गते देखि फरार छन्। हजारौं पिडितले सडक संघर्ष र कानुनी उपचार खोजी रहेका छन्।

यस अघि जिल्ला अदालत बागलुङले पिडितको पक्षमा हुने गरी सञ्चालक समितिका पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गर्नुको साथै थुनामा राख्ने आदेश दिएको छ। १ हजार ५ सय ४३ जनाले दिएको मुद्दाको आधारमा १ अर्ब ३० करोड बढी हिनामिना भएको ठहर सहित प्रहरी र सरकारी वकिलको कार्यालयले अदालतमा नेपाली सहितका सञ्चालन विरुद्ध मुद्दा दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT